शीर्ष नेताबीचको छलफलमा चाँडै निर्णायक र परिणाममुखी वार्ता गर्ने निष्कर्ष
काठमाडौँ, २८ फागुन । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताबीच आज भएको छलफलमा विपक्षी ३० दलीय मोर्चासँग संविधान निर्माणका विषयमा चाँडै निर्णायक र परिणाममुखी वार्ता गर्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा यसअघि संविधानका विवादित विषयमा ती दुई दलले अघि सारेका नौ बुँदे प्रस्ताव र गत माघ ५ गते विपक्षीसहित भएको छलफलको विन्दुबाट सहमतिको प्रयास खोज्ने समझदारी भएको एमालेका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
उहाँले दुई पार्टीबीचको सहयात्रालाई सबल र सुदृढ बनाउँदामात्र संविधान बन्न सक्ने भएकाले आफूहरुको प्रस्तावमा अन्य दलहरुलाई सहमतिमा ल्याउने प्रयास गर्नुपर्नेमा दुई दलको समान मत रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले वार्ता र संवादलाई सघन बनाई नयाँ साझा अवधारणा बनाउन शान्ति प्रक्रियाका सहभागी दलहरुलाई समेट्न आजै वा भोलिसम्ममा ३० दलीय मोर्चासँग संयुक्त वार्ता गरिने जानकारी दिनुभयो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया