राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि
इनेप्लिज
२०७१ फागुन २८ गते २:०३ मा प्रकाशित
काठमाडौँ, २८ फागुन । नेपाल एथलेटिक्स सङ्घको आयोजनामा ४०औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता फागुन २९ गते शुक्रबारदेखि राजधानीमा हुने भएको छ ।
उक्त प्रतियोगितामा पाँच विकास क्षेत्रको पाँचै टोली, विभागीय नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब गरी आठ टोलीका १७६ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक सङ्घका सचिव आरके विष्टले जानकारी दिनुभयो ।
प्रत्येक टोलीबाट २२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा पुरुष र महिला खेलाडीको सङ्ख्या बराबर रहेको छ ।
प्रतियोगितामा पुरुष तथा महिलामा १८–१८ गरी जम्मा ३६ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ । तीन दिनसम्म चल्ने उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु १५ लाख खर्च हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया