एनआरएन युएसए अधिवेसनको लागि खेलकुदको तयारी अन्तिम अवस्थामा
गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय समिति अमेरिकाको आगामी मार्च २१ र २२ तारिखमा डिसी महानगर क्षेत्रमा हुने तेश्रो अधिवेसनको लागि बिभिन्न खेलको आयोजना भब्य तयारीको साथ अन्तिम अवस्थामा पुगेको बताईएको छ l
अधिवेसनमा नेपाल र नेपालीको शिर उच्च पार्ने खेलाडीहरुलाई सम्मान गरिने भएको छ l उक्त सम्मान कार्यक्रममा अमेरिकाका बिभिन्न राज्यहरुमा लामो समय देखि बस्दै आएका र अमेरिकामा पनि पेसालाई निरन्तरता दिदै आएका राष्ट्रिय तथा अन्तर राष्ट्रिय स्तरका प्रशिक्षक तथा खेलाडीहरुलाई सम्मान गरिने छ l मार्च २० तारिखका दिन एक भब्य कार्यक्रम बीच सम्मान गरिने जानकारी खेलकुद संयोजक नारायण गुरुङले बताए l
खेलकुदका बिभिन्न खेलहरुमा भकुण्डो ,बास्केट बल ,टेबल टेनिस तथा गल्फ खेलहरु खलाईने छ l सकर खेलमा न्युयोर्क ,बाल्टिमोर ,भर्जिनिया तथा डिसीका ६ वटा समुहले भाग लिने छन् भने भकुण्डो पुरुष वर्गको मात्र गराईने छ l अन्य खेलमा बास्केट बलमा ४ समुह ,टेबल टेनिस तथा गल्फमा धेरै खेलाडीहरु सहभागी हुने भएको जानकारी स्थानीय रुपमा खेलकुदको जिम्मेबारी लिई संयोजकको भूमिका निर्वाह गरि रहेका चन्द्र लामाले बताए l
आगामी मार्च २१ र २२ तारिख अमेरिकाको लिबर्टी कप त्यहि समयमा आयोजना हुने भएकोले खेल मैदानको पाउन निकै कठिन भएता पनि व्यवस्था मिलाईएको लामाले बताए l
अब अधिवेसन हुन् केवल १० दिन मात्र बाकी छ भने सम्मान गरिने प्रशिक्षक तथा खेलाडी समेत गर्दा ५ सय भन्दा ज्यादा हुने सम्भावना रहेको छ l
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया