चितवनमा थप चारमा स्वाइन फ्लु पुष्टि, सङ्क्रमण अब दश जनामा
रत्ननगर (चितवन), २७ फागुन । चितवन जिल्लामा थप चारजनामा स्वाइन फ्लु लागेको पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीले आज दिएको जानकारीअनुसार पछिल्लो परीक्षण प्रतिवदेनमा थप चारजनालाई स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएन्जा ए एचवान एनवान सङ्क्रमण पुष्टि भएको छ ।
यसअघि जिल्लामा ६ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको थियो । यहाँ उपचार गराएकामध्ये आजका थप चारजना समेत गरी स्वाइन फ्लु लाग्नेको सङ्ख्या १० पुगेको छ । १० मध्ये दुई नवलपरासी र एक गोर्खा जिल्लाबाट चितवनमा उपचारका लागि आएका बिरामी भए पनि अरू सबै चितवनका नै हुन्, जसमा आठ महिला रहेको कीट नियन्त्रण निरीक्षक केसीले बताउनुभयो । अहिलेसम्म जिल्लाका बिरामीमध्ये १२६ को परीक्षणमा १० मा फ्लु पुष्टि भएको र अझै केहीको रिपोर्ट भने आउन बाँकी छ ।
भरतपुर अस्पतालका चिकित्सक डा प्रकाश खतिवडाले जोखिम कम भए पनि उच्च सतर्कता भने अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले मानिससँग हात नमिलाउने, धेरै भीडभाडमा नजाने, हात जथाभावी मुखमा नलैजाने र मास्क लगाएर हिँड्ने गर्नाले यो रोगबाट बच्ने बताउनुभयो ।
रुघाखोकी लाग्ने, ज्यान दुख्ने, थकाइ लाग्नेलगायत लक्षण भए तुरुन्त अस्पताल गएर परीक्षण गर्न कार्यालयले सबैमा आग्रह गरेको छ । चितवन मेडिकल सिटीका रुपमा विकास भइरहेको र हरेक जिल्लाका मानिसको बसोबास रहेकाले तथा पर्यटकको समेत चहलपहल हुने जिल्ला भएकाले पनि सङ्क्रमणको खतरा हुन्छ ।
यसअघि, करिब ४ वर्षपहिले यहाँ डेङ्गुको महामारी फैलँदा केही मानिसको ज्यानसमेत गएको थियो । त्यसैले पनि औषधी लगायत आवश्यक तयारी गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । यहाँको भरतपुर अस्पतालमा आइसोलेसन वार्डसमेत व्यवस्था गरेर बिरामीको उपचार भइरहेको छ ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरकृया सम्पन्न
गिरिजा प्रसाद कोईराला फाउन्डेशन द्वारा तेस्रो चरणको कोरोना विरूद्द खोप कार्यक्रम सम्पन्न
नेब्रास्काको बिशाल बजारमा गोलीबारीमा दुई घाइते ,एकको अवस्था गम्भीर
अमेरिकाको इन्डियापोलिसमा भएको गोलीकाण्डमा ८ जना मध्ये ४ जना भारतीय मूलका शिखको मृत्यु
अमेरिकामा एकैदिनमा ७८,९३२ जना संक्रमित,१ करोड ५८ लाख कोरोना संक्रमित मुक्त
प्रतिक्रिया