भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिहंलाई भ्रष्टाचारको आरोप
काठमाडौं, २७ फागुन । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको छ ।
कोयला घोटालाकान्डमा भारतीय विशेष अदालतले सिंहलाई अभियुक्त बनाएको छ । भारतीय केन्द्रीय जाँच ब्यूरो (सीबीआइ)को विशेष अदालतले कोयला घोटालाकान्डमा बयान दिन आउन पूर्वप्रधानमन्त्री सिंहसहितलाई आदेश पठाएको छ ।
यस्तो आदेश पाउनेमा सिंहका अलावा उद्योगपति कुमार मंगलम बिडला, पूर्वकोयला सचिव पीसी परख र अरु तीनजना व्यक्ति पनि रहेको भारतीय सन्चार संस्था पीटीआइले जनाएको छ । अदालतले सबै अभियुक्तलाई ८ अप्रिलमा उपस्थित हुन आदेश दिएको हो ।
आपराधिक षड्यन्त्र रचेको, विश्वासघात गरेको तथा भ्रष्टाचार नियन्त्रण कानुनअन्तर्गत् उनीहरुलाई उपस्थितिको आदेश पठाइएको पीटीआइले जनाएको हो । सिंहमाथि भ्रष्टाचारको आरोप लगाइएकोमा कांग्रेस नेता मनीष तिवारीले भने यो कानुनीभन्दा राजनीति प्रेरित घटना भएको टिप्पणी गरेका छन् । (एजेन्सी)
क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध यौन उत्पीडनमा परेको भन्दै तेश्रो महिलाको आरोप
न्यूयोर्कको अदालतका एक प्रहरीद्वारा शौचालयमा आफै गोली हानी आत्महत्या
अमेरिकाको टेनेसीमा नदीमा आएको बाढीले गाडी भित्र फसेका ५ जनाको सकुसल उद्धार
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
प्रतिक्रिया