रियाल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं, २७ फागुन । स्पेनिस क्लब रियाल मड्रिड र पोर्चुगलको एफसी पोर्टो यस सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार राति भएको प्रिक्वार्टरफाइनल दोस्रो लेगको खेलमा जर्मनीको शाल्कासँग ४–३ ले पराजित भएपनि पहिलो लेगमा २–० ले विजयी भएको रियाल मड्रिड समग्रमा ५–४ को जित निकाल्न सफल भयो ।
रियाल मड्रिडलाई उसकै मैदानमा हराउन शाल्काका क्लास यान हन्टेलारले दुई तथा क्रिश्चियन फुस र लिरोए सेनले एक–एक गोल गरे । रियाल मड्रिडका लागि क्रिश्चियानो रोनाल्डोले दुई तथा करिम बेन्जमाले एक गोल गरे ।
आफ्नै मैदानमा ४–३ ले पराजित भएपनि पहिलो लेगमा शाल्कामाथि उसैको मैदानमा हात पारेको २–० को जित रियाल मड्रिडलाई प्रतियोगिताको क्वार्टरफाइनलमा पु¥याउन पर्याप्त बन्यो ।
मंगलबार राति भएको अर्को खेलमा पोर्चुगलको एफसी पोर्टोले स्वीट्जरल्यान्डको एफसी बाजललाई ४–० ले हरायो । पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको पोर्टोले समग्रमा खेल ५–१ ले आफ्नो पक्षमा पारेको हो ।
युरोपकै सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युएफा च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति दुई खेल हुनेछन् । इंग्ल्यान्डको चेल्सी र फ्रान्सको पीएसजी तथा जर्मनीको बायर्न म्युनिख र युक्रेनको शख्तर डोनेट्स्क भिड्ने छन् । तस्वीरः एजेन्सी
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध दोश्रो खुराक खोप लगाईन
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
प्रतिक्रिया