सहमतिको सरकार गठनका लागि तयार: मन्त्री सिंह
इनेप्लिज
२०७१ फागुन २७ गते ५:२६ मा प्रकाशित
भीमदत्तनगर, २७ फागुन । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सहमतिमा संविधान निर्माण हुने भए काँगे्रस राष्ट्रिय सहमतिको सरकार गठनका लागि तयार रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन डडेल्धुराले मङ्गलबार साँझ गरेको पत्रकार सम्मेलनमा उहाँले सहमतिमा संविधान जारी गर्नका लागि काँग्रेस लागिपरेको बताउनुभयो ।
सहमतिको प्रयास अझै जारी रहेको भन्दै मन्त्री सिंहले सहमति नभए प्रक्रियाबाटै भए पनि संविधान जारी गरी छाड्ने ठोकुवा गर्नुभयो ।
प्रक्रिया बिर्सिदा पहिलो संविधानसभा विघटन भएको बताउँदै उहाँले त्यस्तो गल्ती यो पटक पनि गर्न नसकिने धारणा राख्नुभयो ।
मन्त्री सिंहले संविधान निर्माणका लागि सबै दल एक हुन आवश्यक रहेकोसमेत औँल्याउनुभयो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया