बालविकास केन्द्रका चार वटा भवन निर्माण
कञ्चनपुर, २७ फागुन । बालबालिका लक्षित कार्यक्रमअन्तर्गत झलारी पिपलाडी नगरपालिकाले चालु आवमा चार वटा बालविकास केन्द्रका भवन निर्माण गरेको छ ।
बालविकास केन्द्र सञ्चालन हुँदै आएका अमरपुर, स्टेसनपुर, झलारी र सिसैयामा भवन नहुँदा बालबालिकालाई स्थानीय बासिन्दाको घरको आँगनमा राखेर पठनपाठनको कार्य हँुदै आएको थियो ।
बालबालिकालाई पठनपाठनमा सहजता ल्याउनका लागि बालविकास केन्द्रका लागि रकम विनियोजन गरी भवन निर्माण गरिएको नगरपालिका कार्यालयका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताउनुभयो ।
बालबालिका लक्षित कार्यक्रमअन्तर्गत शिखर बालविकास केन्द्र अमरपुर, भृकुटी बालविकास केन्द्र स्टेसनपुर, मुक्ति शिविर बालविकास केन्द्र झलारी र हरियाली बालविकास केन्द्र सिसैयाका भवन निर्माण गरिएको हो ।
“बालविकास केन्द्र निर्माणका लागि रु २५ हजारदेखि रु ४० हजारसम्म रकम उपलब्ध गराएका छौँ” अधिकृत बुढाले भन्नुभयो ।
घाम बढी हँुदा र पानी पर्दा हप्तौँ दिनसम्म कक्षा सञ्चालन गर्न सकिने अवस्था थिएन उहाँले भन्नुभयो, “केन्द्रका भवन निर्माण भएपछि पठनपाठन गर्न सहज भएको छ ।” बालविकास केन्द्र निर्माण भएपछि २०० भन्दा बढी बालबालिका लाभान्वित भएका छन् ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया