प्रधानमन्त्री कोइरालासँग फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको भेट
काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री सुशील कोइरालासँग आज बिहान मधेसी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ ।
कुनै सहयोगी नराखी दुई नेताबीच भएको वार्ता करिब एक घन्टा चलेको थियो ।
वार्ता दलहरुबीचको संवाद, संविधान निर्माण, संविधानसभाको बैठकलगायत मुलुकका समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको बताइएको छ ।
प्रधानमन्त्रीसँगको भेटवार्ता सम्पन्न भएपछि फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष गच्छदारले वार्ता निकै सकारात्मक भएको र वार्ताबाटै सहमति कायम गर्ने प्रधानमन्त्री कोइरालाको प्रयास सार्थक हुने बताउनुभएको थियो ।
प्रधानमन्त्री कोइरालाले सोमबार एनेकपा (माओवादी) का अध्यक्ष दाहालको नेतृत्वमा रहेको मोर्चामा आबद्ध सबै राजनीतिक दल र सम्बद्ध नेतालाई वार्ताबाटै सहमति बनाउन सकिन्छ भन्ने कुरामा भरोसा गर्न आग्रह गर्दै अहिले बनिरहेको संवाद, सहमति र वार्ताको वातावरणमा योगदान पुर्याउन आह्वानसमेत गर्नुभएको थियो ।
प्रधानमन्त्री कोइरालाले जनताले शान्ति, स्थायित्व, लोकतान्त्रिक संविधान र विकासको चाहना राखेको हुनाले आपसी वार्ता, संवाद, सहकार्य, एकता, मेलमिलापका माध्यमबाट संविधान निर्माणसहित मुलुकका समस्याको समाधानमा सहमति कायम गर्न सबै राजनीतिक दललाई निरन्तर आग्रह गर्दै आउनुभएको छ ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया