अपाङ्गता भएका विद्यार्थीलाई विशेष छात्रवृत्ति
भक्तपुर, २६ फागुन । उच्चमाध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ मा अध्ययनरत दृिष्टविहीन, श्रवणशक्ति नभएका (बहिरा) तथा अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।
परिषद्बाट सम्बन्धन प्राप्त उच्चमाध्यमिक विद्यालय एवम् कलेजमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो । परिषद्का अनुसार विद्यार्थीले आवश्यक कागजपत्र चैत १० भित्र आफूले अध्ययन गरेको उच्चमाध्यमिक विद्यालय एवम् क्याम्पसमार्फत परिषद्का सम्बन्धित कार्यालयमा पेस गर्न भनिएको छ । परिषद्को कार्यालय विराटनगर, जनकपुर, हेटाँैडा, काठमाडौँ, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा आवेदन पेस गर्न सकिन्छ ।
आवेदन दिँदा एसएलसीको मार्कसिट, चारित्रिक प्रमाणपत्र, अपाङ्गताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, विद्यार्थी नियमित अध्ययनरत रहेको र अन्य स्वदेश तथा विदेश कुनै पनि निकायबाट छात्रवृत्ति प्राप्त गरेको छैन भन्ने सम्बन्धित विद्यालय÷क्याम्पसको सिफारिस पेस गर्नुपर्ने जनाएको छ ।
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
टेक्ससको लवक नेपाली समाजले बार्षिक उत्सवमा महावीर पुन र सच्ची मैनालीलाई सहयोग
प्रतिक्रिया