पसलमा चोरी गर्न खोज्ने दुई पक्राउ
इनेप्लिज
२०७१ फागुन २६ गते ४:५५ मा प्रकाशित
तिलोत्तमा (रुपन्देही) २६, फागुन । रुपन्देहीको मणिग्राममा रहेको एक मोबाइल पसलमा चोरी गर्न खोज्ने दुई जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ ।
अमर म्युजिक एन्ड मोबाइल सर्भिस सेन्टरमा गएराति करिब २ बजे सतरमा लगाइएको ताला फोडेर पसल चोरी गर्न खोज्दै गरेको अवस्थामा प्रहरीले भारतीय नागरिक महाराजगन्ज जिल्ला सुनौली, ठाना बस्ने २८ वर्षीय राजु लोध र रुपन्देही सिनपा–६ गल्लामण्डी बस्ने अबिर आलमलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मङ्गलापुरका प्रमुख प्रहरीनायब निरीक्षक शिवकुमार वलीको नेतृत्वमा गएको गस्ती टोलीले सटरको ताला फोड्दै गरेको अवस्थामा उनीहरुलाई घरेलु हतियार रड र ताला तोड्न प्रयोग गरिने सामग्रीसहित पक्राउ गरेको हो ।
चोरीमा संलग्न दुवै जनालाई मुद्दा चलाएर अनुसन्धान सुरु गरिसकेको प्रहरीनायब निरीक्षक वलीले जानकारी दिनुभयो ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
मेरील्याण्डका गभर्नर ल्यारी होगनद्वारा मेरिल्याण्डमा आपतकालीन अवस्थाको घोषणा
एफबिआईद्वारा सदनमा भएको दंगाका १ लाख ४० हजार तस्बिर/भिडियो संकलन,२७५ वटा फौजदारी अनुसन्धान सुरु
अमेरिकामा एकैदिनमा २ लाख ९ हजार सक्रमित,३ हजार २ सयको मृत्यु
प्रतिक्रिया