तेत्तीस गाईगोरुसहित एक जना पक्राउ

इनेप्लिज २०७१ फागुन २६ गते ४:४९ मा प्रकाशित

Saptari_district_locationसप्तरी, २६ फागुन । भारततर्फ अवैध रुपमा लगिँदै गरेको ३३ वटा गाईगोरुसहित एक जनालाई प्रहरीले महुवा गाविसस्थित बलान खोला किनारबाट आज पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका टोलीले गाईवस्तु चोरी–पैठारीमा संलग्न रहेको आरोपमा भारतको लौकाहा ठाडी–५ बस्ने २३ वर्षीय ताहिर मियाँलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मियाँसहित गाईगोरुलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय राजविराजमा बुझाइएको छ ।

प्रतिक्रिया