तीन दिने निःशुल्क आँखा शिविरमा २५१ जनाको जाँच

इनेप्लिज २०७१ फागुन २६ गते ४:४८ मा प्रकाशित

eyeगजुरी (धादिङ), २६ फागुन । दक्षिणी धादिङको गजुरी गाविस–१ मा सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा २५१ जनाले आँखा जाँच गराएका छन् ।

पतालिनी निमावि र गतिशील ग्रामीण विकास समाजको आयोजनामा भरतपुर आँखा अस्पतालका स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको जनाएको छ ।
लाइन्स क्लब अफ काठमाडाँै र रामेछापले सहयोग उपलब्ध गराएको शिविरमा ११ को मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको शिविर व्यवस्थापन समितिका संयोजक जयराम ढुङ्गानाले बताउनुभयो ।

प्रतिक्रिया