अमेरिकी दूतावासद्वारा शैक्षिक मेला आयोजना
बागलुङ, २६ फागुन । अमेरिकी दूतावासको आयोजनामा बागलुङमा बृहत् शैक्षिक मेला तथा पुस्तक प्रदर्शनी सुरु भएको छ ।
दूतावासका सूचना अधिकृत इनेका स्टोनह्यामले सोमबार उद्घाटन गर्नुभएको मेला तथा पुस्तक प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।
बालपुस्तक, अमेरिकी उपन्यास, विज्ञान, प्रविधि, व्यवसाय र अङ्ग्रेजी भाषाका पाठ्य सामग्री, विश्वकोशलगायत तीन हजारभन्दा बढी पुस्तक प्रदर्शनीमा राखिएका छन् । सो अवसरमा अमेरिकाको नागरिक अधिकार, विज्ञान, खेलकुद, कला, अमेरिकामा अध्ययन र अङ्ग्रेजी शिक्षासम्बन्धी कार्यशालाको पनि आयोजना गरिने दूतावासले जनाएको छ ।
मेलामा वातावरणीय परिवर्तन, जीवनशैली, विज्ञान, प्रविधि र कृषिसँग सम्बन्धित तस्बिर, पर्चा तथा पोस्टर, सौर्य ऊर्जा प्रणाली, थोपा सिँचाइ र सुआहारा नुमना घर पनि प्रदर्शनमा राखिएको छ । मेलामा अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न परियोजनाका सफलता झल्कने खालका कक्ष पनि राखिएको छ ।
न्यूयोर्क राज्यका सिनेट बहुमतका नेताद्वारा गभर्नर एन्ड्र्यू कुमोलाई राजीनामा गर्न आग्रह
केन्टकीमा शंकास्पद विषाक्त पदार्थको कारण ३ जनाको मृत्यु,२ प्रहरी सहित कैयौ बिरामी
बाइडेनद्वारा मतदान अधिकार सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर
एनआरएनलाई नेपाल र नेपाली प्रति जिम्मेवारी बनाउन पहल गर्दछ – प्रेमकाजी श्रेष्ठ
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
प्रतिक्रिया