आयोडिन नुन खपतमा कमी
इनेप्लिज
२०७१ फागुन २६ गते १:२० मा प्रकाशित
सल्लेरी (सोलुखुम्बु), २६ फागुन । सोलुखुम्बुमा अघिल्लो वर्षको तुलनामा यो वर्ष नेपाल सरकारबाट अनुदान प्राप्त आयोडिन नुन खपतमा कमी आएको छ ।
भौगोलिक विकटताका कारण जिल्लाका कतिपय गाविसमा नुन ढुवानी गर्न नसक्नुले खपतमा कमी आएको हो । साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय सोलुखुम्बुमा रहेको जम्मा ९६६ क्विन्टल नुनमध्ये हालसम्म १८४ क्विन्टल मात्र बिक्री–वितरण भएको कर्पोरेसन डिपो कार्यालयका प्रमुख श्याम शाहले जानकारी दिनुभयो ।
तीस गाविस तथा एक नगरपालिका रहेको सोलुखुम्बुमा दूधकुण्ड नगरपालिकाबाहेक अरू गाविसमा नुन खपत हुन नसकेको प्रमुख शाहको भनाइ छ । प्रतिघरधुरी चार पान कोटा निर्धारण गरिएको भए पनि दुर्गम गाविसका सर्वसाधारण आयोडिन नुन उपयोग गर्नबाट वञ्चित भएका छन् ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया