सहयोग रकम हस्तान्तरण
नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर का सदस्य बिष्णु हरी भण्डारीको असामयिक निधन बाट उनको परिवार लाई पर्न गएको दुखद घडीमा यथासक्य सहयोग पुरयाउने उद्धेश्यले नेपाली जनसंपर्क समितीका बिभिन्न च्याप्टरहरु र संघ सस्थाहरु बाट प्राप्त रकम युएस डलर ५४६६।०० को चेकहरु ८ मार्च २०१५ का दिन च्याप्टर सभापति राम शरण हुमागाइ द्वारा स्व भण्डारी कि श्रीमती नारायणी पाण्डे भण्डारीलाई भर्जिनियाको उड्ब्रिज स्थित निवासमा हस्तान्तरण गरियो ।
श्री शंकर पाण्डे को निवासमा भएको चेक हस्तान्तरण को अवसर मा च्याप्टर का कोषाध्यक्ष रूप कार्की,सदस्य केदार प्रशाद तिम्सिना र समाजसेवी जनक अधिकारीको पनि उपस्थिती थियो ।
डालस फोर्टवोर्थ टेक्सास बाट ३५१।०० ,नर्थ क्यारोलिना बाट २८०।०० ,कनेक्टेकट बाट ६७०।०० ,बोस्टन् बाट ५१०।०० ,न्यु मेक्सिको बाट २८०।०० ,रोड आइलैन्ड बाट ३६४।०० ,न्युयोर्क-बाट ९१६।०० ,मिचिगन बाट ३१०।०० तथा लङ अाइलैन्ड बाट १०४३।०० गरि जम्मा ४७११।०० उठेको छ l
यसै गरि नासो कम्युनिटी को तर्फबाट ७००।०० ,नेस का केन्द्रिय सदस्य किलन राइ बाट-५१।०० गरि जम्मा युएस डलर ५४६६।०० उठेको छ l
उपरोक्त सहयोग उपलब्ध गराउनु हुने उल्लेखित च्याप्टर र नासो समुदायका सम्पूर्ण दिदीबहिनी दाजुभाइ एबम सहयोगी मित्रहरुमा नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टरको तर्फबाट सभापति राम शरण हुमागाइ द्वारा हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरिएको थियो ।
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
ट्रम्पका कट्टर समर्थक न्यु मेक्सिकोका सरकारी कर्मचारी सदन आक्रमणमा संलग्न भएकोमा पक्राउ
अमेरिकामा एकैदिनमा १ लाख ६९ हजार कोरोनाबाट सक्रमित,१ हजार ७ सयको मृत्यु
प्रतिक्रिया