धादिङ घटनामा मृत्यु भएका ६ जनाकै सनाखत
इनेप्लिज
२०७१ फागुन २५ गते १४:०२ मा प्रकाशित
काठमाडौँ, २५ फागुन । धादिङको पीडा गाविस–८ पुकुनमा विषाक्त गहुको रोटी खाँदा सोमबार मृत्यु भएका छ जनाकै सनाखत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ६० वर्षीय सन्तबहादुर तामाङ, उनकी बुहारी २५ वर्षीया फुलमाया तामाङ, नातिनीहरु सात वर्षीया सुमित्रा र अढाई वर्षीया सानुकान्छी तथा नातिहरु पाँच वर्षीय अर्जुन र अर्का पाँच वर्षीय रमेश तामाङ रहेका छन् ।
सो विषाक्त पिठोको रोटी बनाएर खाएका गाउँका अन्य १५ जना गम्भीर बिरामी भएका छन् । उनीहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
प्रतिक्रिया