प्रधानसेनापति बङ्गलादेशको चारदिने भ्रमणमा
काठमाडौँ, २५ फागुन । प्रधानसेनापति गौरव शमशेर जबरा मित्रराष्ट्र बङ्गलादेशको चारदिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
त्यहाँका सेना प्रमुख इकवाल करिम भूइयानको निमन्त्रणामा प्रधानसेनापति जबराले बङ्गलादेशको भ्रमण गर्न लाग्नुभएको हो ।
प्रधानसेनापतिले भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना वाजेदसँग शिष्टाचार भेट गर्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रधानसेनापतिको भ्रमण दलमा उपरथी अनुजबहादुर बस्न्यात, सहायकरथी शशिचन्द्रबहादुर सिंह र सेनानी ज्ञानेन्द्र केसी रहनु हुनेछ ।
बङ्गलादेशमा रहँदा प्रधानसेनापति राणाले आफ्ना समकक्षीसँग दुइपक्षीय वार्ता गर्नुका साथै त्यहाँको सैनिक शिक्षालयलगायतका स्थानको अवलोकन भ्रमण गर्नु हुनेछ ।
उच्चस्तरीय सैनिक नेतृत्वबाट हुने यसप्रकारका भ्रमणले नेपाली सेना र बङ्गलादेशी सेनाबीच रहँदै आएको सम्बन्धलाई अझ सुमधुर र प्रगाढ तुल्याउने नेपाली सेनाले विश्वास लिएको छ ।
नेपाली सेना बङ्गलादेशमा सञ्चालन हुने विभिन्न तालिममा लामो समयदेखि सहभागी हुँदै आएका छन् ।
त्यसैगरी, बङ्गलादेशी सेनाले पनि नेपाली सेनाको खरिपाटी र अमलेखगञ्जमा सञ्चालन हुने जङ्गल युद्धसम्बन्धी तालिममा नियमित रुपमा सहभागी हुँदै आएका छन् ।
विश्व शान्ति स्थापना कार्यमा द्वन्द्वरत मुलुकमा खटिँदा खासगरी नेपाली सेना र बङ्गलादेशी सेनाले अत्यन्त सौहार्द सम्बन्ध कायम गरी एकअर्कालाई सहयोग र सद्भाव देखाएर काम गर्दै आएको बताइन्छ ।
प्रधानसेनापति बङ्गलादेशको भ्रमण पूरा गरेर यही फागुन २८ गते स्वदेश फर्कनुहुनेछ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया