अन्तराष्ट्रिय कलाकार समाजद्वारा गायिका तारा थापालाई सहयोग प्रदान
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) ले बरिष्ठ गायिका तारा थापालाई विशेष सम्मानका साथ आर्थिक सहयोग समेत हस्तान्तरण गरेको छ। क्यान्सरको उपचार गराइरहेकी गायिका तारा थापालाई गत २१ फेब्रुअरी २०१५ (९ फाल्गुन २०७१) का दिन काठमाण्डौमा एक भव्य कार्यक्रमका वीच सम्मान गर्दै कलाकार समाजले संस्थाको तर्फबाट एक लाख एक हजार पांच सय रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको हो। इनास अमेरिका र ग्लोबल कमिटीबाट प्रदान गरिएको उक्त रकम ग्लोबल कमिटी संरक्षक समेत रहेकी इनास अमेरिकाकी संरक्षक गायिका मीरा राणाले गायिका थापालाई हस्तांतरण गरेकी छन्।
काठमाण्डौको सुनधारा स्थित ग्यालेक्सी पार्टी प्यालेसको सगरमाथा हलमा आयोजित कार्यक्रममा इनास ग्लोबल कमिटिका संरक्षक नीता श्रेष्ठ, सल्लाहकार प्रदिप बम्जन, अमेरिका केन्द्रिय समितिकी सदस्य तथा इनास कोलोराडोकी अध्यक्ष साबू गदाल, सल्लाहाकार उदय जंग राणाको उपस्थिति रहेको थियो भने दीप श्रेष्ठ, ज्ञानु राणा, गणेश रसिक, प्रेमध्वज प्रधान, शक्ति बल्लभ, चन्द्रकला शाह, राजू सिंह, हेमन्त शर्मा, निर्देशक तुलसी घिमिरे, कला सुब्बा लगायतका नेपाली गीत संगीत र अभिनय क्षेत्रका अग्रज व्यक्तित्वहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो।
अमेरिकाबाट केहि दिन अगाडी मात्र नेपाल आएकी कलाकार समाजकी संरक्षक गायिका मीरा राणाले कलाकार समाज कलाकार र साहित्यकारहरुको हितको लागि काम गर्ने सबैको साझा संस्था हो भन्दै नेपाली संगीत क्षेत्रकी एउटा उच्च व्यक्तित्व तारा थापा जस्तो गायिकालाई सम्मान गर्न पाउनु इनास अमेरिकाको लागि मात्रै नभै विश्वभरिका इनास र सबै कलाकारहरुका लागि सौभाग्य भएको बताइन। यसप्रकारको सहयोग र सम्मान देखाउनुहुने इनास अमेरिकाको अध्यक्ष आनन्दु थिंग लामा, उपाध्यक्ष मधु क्षेत्री, ग्लोबल कमिटिका सबै पदाधिकारीहरु लगायत अन्य सबै सहयोगीहरुलाई धन्यवाद समेत दिईन। कलाकार समाजले आयोजना गरेको सोही कार्यक्रममा गायिका थापालाई उपस्थित बिभिन्न संस्था, कलाकार तथा सहयोगीहरुबाट थप दुइ लाख रुपैया आर्थिक सहयोग प्रदान गरिएको थियो।
नेपाली कलाकारहरुको अन्तराष्ट्रिय संस्थाबाट यस प्रकारको सम्मान र सहयोग ग्रहण गर्ने क्रममा भावुक हुदाँ गायिका थापाले आशु थाम्न सकिनन्, जसका कारण कार्यक्रम स्थल नै केहीबेर स्तब्ध भएको कार्यक्रमका प्रत्यक्ष दर्शी तथा इनास ग्लोबल कमिटिका सल्लाहकार प्रदिप बम्जनले बताएका छन्।
गायिका मीरा राणाको प्रमुख आतिथ्यमा भएको सम्मान तथा सहयोग हस्तांतरण कार्यक्रममा मीरा राणा, नीता श्रेष्ठ, प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, तुलसी घिमिरे, प्रदिप बम्जन, साबू गदाल कार्की लगायतका वक्ताहरुले गायिका थापाको स्वास्थ लाभको कामना गरेका थिए।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया