बुधबार, मंसिर २२ २०७८
काठमाडौं ००:४७
वासिङटन डिसी 14:02

प्रहरी र एमाओवादी मोर्चाका कार्यकर्ताबीच झडप: यसरी रणभूमि मैदान बन्यो काठमाडौँ

इनेप्लिज २०७१ फागुन १६ गते १०:४८ मा प्रकाशित

Jhadap-Kathmandu-Maobadi2

काठमाडौँ, १६ फागुन । एनेकपा (माओवादी)को नेतृत्वमा ३० दलीय मोर्चाले सहमतिमा संविधान जारी गर्नुपर्ने माग गर्दै राजधानीको खुलामञ्चमा आज आयोजना गरेको आमसभामा भाग लिन रत्नपार्कतर्फ गइरहेका सयौँको सङ्ख्याका प्रदर्शनकारीले नयाँबानेश्वरमा निषेधित क्षेत्र तोडेपछि भएको झडपमा नौजना प्रहरी र छजना प्रदर्शनकारी घाइते भएका छन् ।

नेपाल प्रहरीका अनुसार प्रदर्शनकारीले ढुङ्गामुढा गरेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि भीड नियन्त्रण गर्न ११ ‘राउन्ड’ अश्रुग्यास ‘सेल’ प्रहार गरिएको थियो ।

घाइते प्रहरी कर्मचारीको महाराजगन्जस्थित प्रहरी अस्पताल र प्रदर्शनकारीहरुको मोडेल तथा ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

Jhadap-Kathmandu Jhadap-Kathmandu1Maobadi-Julus-Jhadap

maobadi-police-kutpit

प्रतिक्रिया