शनिबार, कार्तिक ८ २०७७
काठमाडौं ०३:१५
वासिङटन डिसी 17:30

नेपालमा भुसुना हिमाल चढ्दै !

इनेप्लिज २०७१ फागुन १६ गते ७:४५ मा प्रकाशित

Bhusuna-Kalajar

काठमाडौँ । तराईमा मात्र देखापर्दै आएको कालाजार सार्ने भुसुना पहाड हुँदै हिमाल चढ्न थालेका छन् ।

नेपाल स्वास्थ अनुसन्धान परिषद्का सदस्यसचिव डा खेमबहादुर कार्कीले पहाडी जिल्ला भोजपुर र अर्ध हिमाली जिल्ला ओखलढुङ्गामा कालाजारको परजीवी देखापरेको जानकारी दिनुभयो । “जलवायु परिवर्तनको असर स्वास्थ्य क्षेत्रमा देखापर्‍यो, यसको उदाहरणका रुपमा कालाजारको परजीवी सार्ने भुसुना तराईबाट पहाड उक्लदै हिमालमा पुगे”, स्वास्थ्य अनुसन्धानमा लामो समय खर्चिनु भएका डा कार्कीले भन्नुभयो ।

उसो त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कालाजार नियन्त्रणमा ऐतिहासिक सफलता हासिल गरेको छ । 

प्रतिक्रिया