अख्तियारले पूर्णता पायो, पाँच जनाको नाम नियुुक्तिका लागि सिफारिस
काठमाडौँ, १५ फागुन । संवैधानिक परिषद्को आज बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त आयुक्त पदमा पाँच जनाको नाम नियुुक्तिका लागि सिफारिस गरेको छ ।
परिषद्ले आयोगका रिक्त आयुक्त पदमा दिप बस्न्यात (उदयपुर), नविनकुमार घिमिरे (झापा), गणेशराज जोशी (लमजुङ), राजनारायण पाठक (महोत्तरी) र डा सावित्री गुरुङ (भोजपुर)लाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
परिषद्मा गम्भिर र व्यवस्थित छलफल पश्चात् उक्त निर्णय सर्वसम्मतले गरिएको परिषद्का सदस्य समेत रहनुभएका सभामुख सुवास नेम्वाङले सञ्चारकर्मीलाई बताउनुभयो ।
निर्वाचन आयोगमा एक आयुक्त पद रिक्त भएपनि चाँडै अन्य पदमा पनि रिक्त हुनलागेकाले सबै पदमा एकैसाथ सिफारिस गर्ने भन्दै परिषद्ले आज कुनै सिफारिस नगरेको सभामुख नेम्वाङले जानकारी गराउनुभयो ।
नियुक्तिका लागि परिषद्ले सिफारिस गरिएका उक्त नामलाई संसदीय सुनुवाई विशेष समितिले सुनुवाई गरेर पारित गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने कानुनी प्रावधान छ ।
यस अघि परिषद्को विहिवार सम्पन्न बैठकले लोकसेवाका रिक्त अध्यक्षमा उमेश मैनालीसहित छ सदस्यको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्रधानमन्त्री सुशील कोइराला अध्यक्ष रहनु भएको परिषद्को सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता र प्रधानमन्त्रीले तोकेका तीनजना मन्त्री रहने संवैधानिक व्यवस्था छ ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
प्रतिक्रिया