सुमार्गीको १० अर्ब फुकुवा गरे प्रचण्ड वार्तामा बस्ने ?
– भूपेन्द्र आचार्य
केपी ओलीले एक कार्यक्रममा भनेका थिए– १० अर्ब दिए एमाओवादीको मोर्चाले आन्दोलन त्याग्ने छ । संविधान बन्ने छ ।’ यस कुराको विस्तारै पुष्टि हुँदै गएको छ । विवादास्पद व्यापारी अजयराज पराजुली सुमार्गीको ५ महिना अगाडि नेपाल इन्भेष्टमेन्ट बैंक र नविल बैंकबाट आएको साँढे तीन अर्ब रुपैयाँ र आउन बाँकी रहेको साँढे ६ अर्ब रुपैयाँ सहज रुपमा फुकुवा गरे एमाओवादी सहित ३० दल मोर्चाले तत्कालै वार्तामा बस्ने संकेत दिएको कुरा एक एमाओवादी नेताले नाम नलेख्ने शर्तमा हामीसँग बताएका थिए ।
करिब ५ महिना अगाडि नक्कली कम्पनी खडा गरी विदेशबाट ऋणमार्फत झिकाएको करिब साँढे तीन अर्व पैसा नविल र नेपाल इन्भेष्टमेन्ट बैंकबाट आएपनि राष्ट्र बैंकले रोक्का गरिदिएपछि प्रचण्डले कृष्णबहादुर महरामार्फत सरकारसँग रकम फुकुवा गर्न आग्रह गरेपनि सो कार्य सफल नभएपछि एमाओवादीले सरकारसँग वार्ता नगर्ने निष्कर्षमा पुगेको प्रचण्डनिकट एक नेताले बताए । काठमाडौंबाट संचालित हुने dainiknepal.com ले यसको खुलासा गरेको हो ।
विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुहोस्:
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया