‘आर्थिक प्रगतिका लागि सरकार क्रियाशील’
काठमाडौँ, १५ फागुन । अर्थमन्त्री डा रामशरण महतले आर्थिक प्रगतिका निम्ति सरकार क्रियाशील रहेको बताउँदै आर्थिक विकासलाई नै आफूले उच्च प्राथमिकता दिएको स्पष्ट गर्नुभएको छ ।
नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा उहाँले सत्तारुढ दल अधिकतम लचिलो भएर संविधान निर्माणमा जोड दिएको बताउनुभयो । “दातृ राष्ट्र तथा संस्थाहरूबाट सदाशयताका साथ सहयोग प्राप्त हुन थालेको र लगानी पनि बढ्न थालेको छ,”– अर्थमन्त्रीले भन्नुभयो ।
अमेरिकाले नेपालमा नयाँ सरकार गठन भएसँगै ‘कम्प्याक्ट प्रोग्राम’ मार्फत रु १० अर्बदेखि रु ६० अर्ब सम्मको वार्षिक सहयोग प्रदान गर्ने घोषणा गरेकामा आभार व्यक्त गर्नुभयो ।
भेटका अवसरमा राजदूत बोेडीले भारत र चीनलगायत नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार आएको धारणा व्यक्त गर्दै नेपालले विदेशी सहयोग तथा लगानी आकर्षित गरी आर्थिक प्रगति गर्ने अनुकूल वातावरण निर्माण भएको छ, बताउनुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया