आन्दोलनबारे एमाओवादी द्विविधामा
इनेप्लिज
२०७१ फागुन १५ गते १३:५६ मा प्रकाशित
काठमाडौँ, १५ फागुन । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा(माओवादी) आन्दोलनका बारेमा द्विविधामा रहेको जिकिर गर्नुभएको छ ।
तेत्तीस दलीय मोर्चाले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष वैद्यले एमाओवादीसहितको ३० दलीय मोर्चा आन्दोलनलाई सामूहिक सौदाबाजीको माध्यम बनाउने कि निर्णायक बनाउने भन्नेमा दोधारमा रहेको बताउनुभयो ।
जतिसुकै विरोध भए पनि प्रक्रियाबाटै संविधान लेख्ने मनस्थितिमा सत्तारुढ दल रहेको उहाँले टिप्पणी गर्नुभयो ।
उहाँले अग्रगमनकारी शक्ति र पश्चगामी शक्तिबीच टकरावको स्थिति आएको बताउँदै अग्रगमनका पक्षमा निर्णायक आन्दोलन गर्नुको विकल्प नरहेकोमा जोड दिनुभयो ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया