सहमति हुन नसके प्रक्रियाबाट संविधान जारी हुने: मन्त्री रिजाल
परासी, १५ फागुन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले दलहरूबीच सहमति हुन नसके प्रक्रियाबाट संबिधान जारी हुने बताउनुभएको छ ।
नवलपरासीको तमसरियामा आजदेखि सुरु भएको बाल महोत्सवको उद्घाटन गर्दै मन्त्री रिजालले सरकार सहमतिका लागि अधिक लचिलो भएर प्रस्तुत भएको छ, यसलाई कमजोरी ठानेर विपक्षीहरू आन्दोलनमा जानुलाई ‘बेमौसमी बाजा’को संज्ञा दिनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री रिजालले संविधान निर्माणको महत्वपूर्ण समयमा एनेकपा माओवादी नेतृत्वको मोर्चा सडक सङ्घर्षमा जानुको कुनै अर्थ नहुने पनि बताउनुभयो ।
मधेसवादी दललाई लक्षित गर्दै डा रिजालले भन्नुभयो “मधेसी जनताले आन्दोलन होइन, सङ्घीय लोकतान्त्रिक संविधान खोजेका छन् ।”
मन्त्री रिजालले प्रधानमन्त्री सुशील कोइराला सहमतिबाट संविधान जारी गर्ने मनसायमा रहेको र पटक पटक विपक्षी मोर्चालाई सहमतिमा आउन आग्रह गर्नुले सहमतिमै नयाँ सविधान बन्ने विश्वास व्यक्त गर्नुभयो ।
नवलपरासीमा पहिलो पटक आयोजित ‘बाल महोत्सव—२०७१’ एक सातासम्म चल्नेछ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया