
विराटनगर, १५ फागुन । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले भोलि (फागुन १६ गते)को आन्दोलन शान्तिपूर्ण हुने बताउनुभएको छ ।
सो पार्टीद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले ३० दलीय मोर्चा उपलब्धिमूलक वार्ताको पक्षमा रहेको बताउनुभयो ।
उहाँले दुवै पक्ष सहमतिका लागि लचिलो बनेकाले भोलिको आन्दोलनपछि सम्भवतः वार्ताका लागि बाटो खुल्ने विश्वास व्यक्त गर्नुभयो ।
दलहरुबीच संविधानको विवादित विषयमा सहमति भएपछि सर्वपक्षीय सरकार बन्ने र संविधान जारी गर्ने तिथि पनि सुनिश्चित हुने सम्भावना व्यक्त गर्नुभयो ।
प्रतिक्रिया