शनिबार, मंसिर १३ २०७७
काठमाडौं १३:१३
वासिङटन डिसी 02:28

आजबाट सुरु भयो गोरखाको पवित्र मनकामना मन्दिरको जीर्णोद्वार

इनेप्लिज २०७१ फागुन १५ गते ९:३१ मा प्रकाशित

Manakamana-Gorkha

गोरखाबजार। मनकामना मन्दिर जगैदेखि जीर्णोद्वारका लागि आज मन्दिर परिसरमा क्षमा पूजा गरिएको छ ।

काठमाडौँबाट मुसुम वज्राचार्य नेतृत्वको १० जना गुरुको टोलीले क्षमा पूजा गर्नुभएको हो । आज बिहान १० बजेदेखि करिब तीन घन्टा क्षमा पूजा गरिएको छ । मन्दिर बाहिर प्राङ्गणमा तान्त्रिक पूजा र मन्दिरभित्र वैधिक विधिअनुसार पूजा सम्पन्न गरिएको मन्दिरका पुजारी इन्शान थापाले जानकारी दिनुभयो । साथै मन्दिर प्राङ्गणमा होमहोमादि पनि गरिएको छ ।

‘क्षमा पूजा गरियो’ थापाले भन्नुभयो, “अब साइत हेराएर दुई हप्ताभित्र गजुर झिक्ने तयारी छ ।”

प्रतिक्रिया