तराईमा दुई र उत्तर–दक्षिण राज्यको सुझाव
विराटनगर, १५ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले तराईमा पहाडी भाग नमिसाइएको दुई राज्य र अर्को उत्तर–दक्षिणको भाग मिसाएर सङ्घीय राज्यको निर्माण हुनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज बिहान यहाँ आयोजित कार्यक्रममा उहाँले यी दुई प्रकारका विचारलाई समन्वय गरी पूर्वका झापा, मोरङ र सुनसरी तथा पश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा पहाडी क्षेत्र मिलाएर राज्य बनाउने सोचाइ रहेको बताउनुभयो ।
सहमतिमा संविधान बनाउनका लागि प्रतिपक्षी वार्तामा आउनुपर्ने बताउँदै उहाँले सहमति नभएका अवस्थामा प्रक्रियाकै माध्यमबाट संविधान जारी हुने स्पष्ट पार्नुभयो । उहाँले संयुक्त सरकारलाई काम गर्नमा समस्या हुने गरे पनि सरकारले राम्रो काम गरेको बताउँदै सर्वदलीय सरकारको गठन भएको खण्डमा सुशील कोइरालाले नै सरकारको नेतृत्व गर्ने विश्वास प्रकट गर्नुभयो ।
उहाँले प्रश्न गर्नुभयो–दाहाल र डा भट्टराई प्रधानमन्त्री हुँदा सहमतिमै किन संविधान नबनाइएको हो, संविधानसभामा उहाँहरु मतदानको प्रक्रियाबाट निर्वाचित भएर आउनुभएकाले अहिले संविधान निर्माणमा मतदान प्रक्रियाको विरोध गर्नु कहाँसम्म उचित हो ?
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
प्रतिक्रिया