ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

इनेप्लिज २०७१ फागुन १५ गते ५:०० मा प्रकाशित

accident-signसप्तरी, १५ फागुन । बलान खोलाबाट ढुङ्गा लोड गरेर कडोरबोनातर्फ लैजाने क्रममा सप्तरीको दोलतपुर–७ स्थित मोहलियापुलमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुर्नेमा ट्र्याक्टर चालक सप्तरीको हर्दिया–६ का ३५ वर्षीया कुमार परियार रहेको सप्तरी प्रहरीले जनाएको छ । ढुङ्गा लोड गरेको स.१त १८३८ नम्बरको ट्र्याक्टर सडकबाट अनियन्त्रित भई पल्टेको जिल्ला पहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया