रेडपान्डा संरक्षणका लागि क्यामेरा जडान
इलाम, १५ फागुन । रेडपान्डा (हाब्रे)को अवैध चोरी–तस्करी हुन थालेपछि संरक्षणका लागि रेडपान्डा नेटवर्कले विशेष पहल सुरु गरेको छ ।
नेटवर्कको सहयोगमा इलामको उत्तरी क्षेत्रमा उच्च पहाडी जडीबुटी उत्पादक संरक्षण संस्थाले सामुदायिक वनमा ट्र्याङिङ क्यामेरा राख्न थालेको हो । संस्थाले मावु गाविसको तीन ठाउँमा क्यामेरा जडान गरेको संस्थाका फिञ्जु शेर्पाले बताउनुभयो । सामुदायिक तथा राष्ट्रिय वनमा रेडपान्डालाई पासो राखेको भेटिएपछि एक वर्षअघि बाट वनमा क्यामेरा जडान गरिएको छ । रेडपान्डाको बासस्थानमा नै पासो राखेको भेटेपछि शङ्कास्पद स्थानमा क्यामेरा जडान गरिएको छ ।
क्यामेराले वनमा मानिस, जनवार, पशुपक्षीको फोटो लिन्छ । ट्र¥यापिङ क्यामेराले खिचेका तस्विर समय समयमा हेरिन्छ । रुख र ढुङ्गाको आडमा क्यामेरा राखिएको छ । क्यामेरा राखेको थाहा नहोस् भनेर लेन्सबाहेक अन्य भागलाई भ्याऊ वा झारपातले ढाकिएको छ ।
इलामका मावुसहित जोगमाई, प्याङ, जमुना, माईमझुवा र माईपोखरी संरक्षणको काम भइरहेको छ । ती गाविसमा पनि क्यामेरा जडान गरिने शेर्पाले जानकारी दिनुभयो । इलामसहित पाँचथर र ताप्लेजुङमा पनि क्यामेरा राखिने छ । रेडपाण्डा नेटवर्ककै सहयोगमा पाँचथरमा दिपज्योती युवा क्लब र ताप्लेजुङ्गमा हिमाली संरक्षण मञ्चले क्यामेरा जडान गरिरहेको छ । मेची पहाडमा २१५ को हाराहारीमा रेडपाण्डा रहेको अनुमान गरिएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया