अफगान शान्ति वार्ताको पाकिस्तानद्वारा स्वागत
इस्लामावाद, १४ फागुन । पाकिस्तानले अफगानिस्तानमा हुने भनिएको शान्ति प्रक्रियाको स्वागत गरेको छ ।
अफगानिस्तानका तालिवानसँग अफगान सरकारले शान्ति वार्ताको प्रयास गरेको बताइएको छ । हाल त्यहाँ कायम रहेको विद्रोहको शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताएको हो ।
अफगानिस्तानका कार्यकारी प्रमुख अब्दुल्लाहले अफगान मन्त्रीहरुलाई आगामी दिनमा त्यहाँ तालिवानसँग शान्ति वार्ता हुने जानकारी गराउनुभएको थियो ।
सो भनाईपछि पाकिस्तानले पनि सो वार्ताको स्वागत गरेको हो । पाकिस्तानको विदेशमन्त्रालयले बिहीबार भनेको छ– हामी अफगानिस्तान सरकार र त्यहाँका तालिवानहरुबीच हुने भनिएको शान्तिवार्ताको स्वागत गर्दछौँ ।
तर सो वार्ताको तालिवानहरुले भने कुनैपनि प्रतिक्रिया दिएका छैनन् । उनीहरुले सो वार्ता सरकारले गरेको हल्ला भएको बताएका छन् ।
उता पाकिस्तानी विदेशमन्त्रालयका प्रवक्ता तस्लिम अस्लामले मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा बिहीबार पाकिस्तान सधैँ अफगानिस्तान समस्याको समाधानका लागि शान्तिपूर्ण वार्ताकै पक्षमा रहेको बताउनुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया