शनिबार, कार्तिक ८ २०७७
काठमाडौं १७:१६
वासिङटन डिसी 07:31

एसिड आक्रमण पीडित किशोरीलाई एक लाख १० हजार आर्थिक सहयोग

इनेप्लिज २०७१ फागुन १४ गते १३:४५ मा प्रकाशित

Acid-Attackकाठमाडौं, १४ फागुन । यही फागुन १० गते एसिड आक्रमणमा परी घाइते भएका दुई किशोरीलाई एक लाख १० हजार नगद सहयोग गरिएको छ ।

आज यहाँ एक कार्यक्रमको आयोजना गरी नेकपा माओवादी निकट अखिल क्रान्तिकारी सङ्गठनका अध्यक्ष सरद रसाइलीले सङ्कलित रकममध्ये रु ६० हजार सङ्गीता मगर र रु ५० हजार सीमा बस्नेतलाई प्रदान गर्नुभएको हो ।

उहाँले घटना भएको चार दिन बितिसक्दा पनि घटनाका दोषी पक्राउ पर्न नसक्नु राज्यको गम्भिर उदासिनता भएको आरोप लगाउँदै भविष्यमा यस्ता घटना हुन नदिन राज्यले तत्काल उनीहरूलाई पक्राउ गरी जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गर्नुपर्ने माग गर्नुभयो ।

वसन्तपुरको झाँेछेस्थित ‘ए माइनस प्लस ट्युसन सेन्टर’ मा पढ्न गएका बेला उनीहरूमाथि एसिड प्रहार भएको थियो ।

प्रतिक्रिया