शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०७:५७
वासिङटन डिसी 21:12

बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुँदै

इनेप्लिज २०७१ फागुन १४ गते १२:३३ मा प्रकाशित

काठमाडौँ, १४ फागुन । सरकारले काठमाडौँको बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने भएको छ ।

सुवर्णशम्शेर स्मृति क्रिकेट मैदान निर्माण परियोजना अघि बढाउन सरकारले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । गत माघ १२ गते मन्त्रिपरिषद्को बैठकले वन तथा भूसंरक्षण मन्त्रालयलाई रङ्गशाला निर्माण परियोजनाका लागि वन क्षेत्रको भोगाधिकार उपलब्ध गराउने तथा रूख हटाउने स्वीकृति दिइसकेको छ ।

पैँतीस रोपनी क्षेत्रफलमा बन्ने उक्त रङ्गशालाको यही फागुन १७ गते शिलान्यास गर्ने कार्यक्रम रहेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

प्रतिक्रिया