एमाओवादी मोर्चासँग सहकार्यका लागि छलफल भइरहेको छ: अध्यक्ष वैद्य
काठमाडौँ, १४ फागुन । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा(माओवादी) नेतृत्वको तीस दलीय मोर्चासँग संयुक्त आन्दोलनका लागि छलफल चलिरहेको बताउनुभएको छ ।
सहिद सप्ताहको अवसरमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था, नयाँ संविधान र दलित मुद्दा’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष वैद्यले एमाओवादी मोर्चालाई संविधान छाडेर सडकमा आउन आग्रह गर्नुभयो ।
उहाँले राजनीतिक क्रान्ति पुरा भइनसकेकाले क्रान्तिलाई पूरा गर्न आ–आफ्नो गल्ती स्वीकारेर सबै माओवादी एक ठाँउमा आउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले बहुमतको बलमा संविधान लेखिए पनि त्यो टिकाउन नहुने दावी गर्दै राष्ट्रिय राजनीतिक सभाबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा दलित मोर्चाका अध्यक्ष परशुराम रम्तेल, उपाध्यक्ष खिमबहादुर विश्वकर्मालगायतले नयाँ संविधानमा दलितको समस्या सम्बोधन गर्न सबै पक्षका दलित समुदाय एकताबद्ध भएर दबाबका कार्यक्रम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया