माओवादीको लाठीसँग डराउँदैनौँ: उपसभापति पौडेल
गोरखा, १४ फागुन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एनेकपा—माओवादीको लाठीसँग नडराउने बताउनुभएको छ ।
गोेरखाको पालुङटारमा पार्टीद्वारा आज आयोजित ‘गणेशमान बलिदान अभियान’ लाई सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयो, ‘एमाओवादीको लाठी जुलुस, शक्ति प्रदर्शन जनतालाई स्वीकार्य छैन । जनतामाथिको अन्याय, अत्याचारको हामी भण्डाफोर गर्छौ ।”
सडकबाट संविधान जारी गर्ने ध्वाँस नदिन एनेकपा—माओबादीलाई आग्रह गर्दै उपसभापति पौडेलले संविधान निर्माणको जिम्मेवारीबाट एमाओवादी भागेको आरोप पनि लगाउनुभयो ।
अन्याय, अत्याचार र हुकुमी शासनको अन्त्य गर्न अनवरतरुपमा नेपाली काँग्रेस लाग्दै आएको बताउँदै उहाँले एमाओवादीको लाठीको सामना गर्दै जनताले भनेको मान्ने बताउनुभयो ।
जनताको चाहनाअनुसार काँग्रेसले सहमतिको आधारमा संविधान निर्माण गर्न चाहेको उल्लेख गर्दै उहाँले सबै दललाई समेटेर लोकतान्त्रिक संविधान निर्माण गर्न आफ्नो पार्टी लागेको जानकारी दिनुभयो ।
सडकमा वार्ता नहुने भन्दै उहाँले एमाओवादीलगायत मोर्चालाई वार्तामा आउन आग्रह पनि गर्नुभयो । “संबिधानसभाबाट छिट्टै संबिधान आउँछ,” उपसभापति पौडेलले भन्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य गगन थापाले एमाओवादीलगायत मोर्चालाई वार्तामा आउन आग्रह गर्दै भन्नुभयो, “संवादले मात्रै सहमति हुन्छ, संविधानसभाबाटै संविधान जारी गर्नुपर्छ ।”
नेपाली काँग्रेस गोरखाको आयोजनामा भएको सभालाई केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, धनराज गुरुङ, कमला पन्त, चीनकाजी श्रेष्ठ तथा जिल्ला उपसभापति मोहनप्रकाश पोखरेललगायतले सम्बोधन गर्नुभएको थियो ।
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
प्रतिक्रिया