इज़रायलमा २ नारी संस्थाले अन्तराष्ट्रिय नारी दिवस मनाउदै

इनेप्लिज २०७१ फागुन १३ गते २३:१७ मा प्रकाशित

फागुन १४,

अन्तराष्ट्रिय महिला दिवस दुई संस्था मिलेर भव्य रुपमा मनाउने भएका छन् । प्रथम पटक इज़रायलमा दुई सशक्त महिला सामाजिक संस्था नेपाली नारी आवाज र नारीका लागि नारी मिलि बनाउन गैरहेका हुन् ।

नेपाली नारी आवाज :-

प्रवासी भूमी  इज़रायालामा पुरानो सामाजिक संस्थाका रुपमा स्थापित र परिचित नेपाली नारी आवाज बिगत दुई बर्ष बिभिन्न आरोह अबरोह खप्दै आएको थियो उक्त आन्तरिक समस्यालाई यहि फेब्रुवरी २४ तारिक मंगलबार २०१५ मा एक संयुक्त विशेष अनलाइन बैठक बसी उक्त उल्झनलाइ सुल्झ्याई सकारात्मक मिलन बिन्दुमा पुगी अन्ततः अन्तराष्ट्रिय महिला दिवस मनाउन समहत भएको सम्बन्धित स्रोतले जनाएको छ ।

इज़रायलमा नेपाली कामदार बढ्दै जाँदा , कामकै सिलसिलामा आइपर्ने विभिन्न समस्या, आपतविपत पर्दा एक सहयोगी संस्थाको रुपमा जन्मिएको यस संस्था नेपाली नारी आवाजले निकै प्रसंसनिय कार्य गर्न सफल छ । नेपालीलाई पर्दा नेपालीले नै एक अर्कामा सहयोग गर्ने हेतु खोलिएको यस संस्थाले धेरै बिपतमा परेकाहरुको हात थाम्न र समस्याको समाधान गर्न पुगेको छ । र, साथै नेपालीहरु बिचको थुप्रै बादविबादहरुलाई टुङ्गो लाउन र अन्यायमा परेकालाई सामान्य देखि अदालत सम्मको कार्यलाई सशक्त रुपमा गरेको अनगिन्ति उदारणहरु छन् । आप्रबासीको हगहित र अधिकारको लागि लड्ने इज़रायलको सशक्त मानव अधिकारवादी हट्लाइन, कमला ओवेद जस्ता संस्थाको सहयोगमा नेपाली नारी आवाजले धेरैलाई न्याय दिन सफल भएको छ । तर, बिगत दुई बर्ष बिचमा भने केहि आन्तरिक आफ्नै बिबादमा अल्झिएको नेपाली नारी आवाज अब भने नयाँ उमंग , जोश र जाँगर लिएर पुनः एक ढिक्का बनेको शुखद खबरले सबैमा खुशी छाएको छ ।

परि आएको बेला सहायताका लागि २००७ मा खोलिएको नेपाली नारी आवाज इज़रायल का नामले खोलिएको यस संस्था यतिखेर  नेपाली नारी आवाज [Nepalese women’s voice] को नामले नेपाल सरकारमा बैधानिकता पाइसकेको छ दर्ता भएर । इज़रायल भूमीमा निकै सक्रिय सहयोगी संस्था नेपाली नारी आवाज श्रीमती अम्बिका क्षेत्रीको अध्यक्षयातामा नेपाल सरकारमा दर्ता भै बैधानिकता पाए पछी पनि निकै चर्किएका विवाद बिचमा दुई समूह नै देखिएका थिए, श्रीमती अम्बिका क्षेत्री र सुश्री लिला लिम्बु । त्यसरी आन्तरिक बेमेल पोखिदा समाजे भेला पारि (पार्कमा) अध्यक्षको रुपमा सुश्री लिला लिम्बुलाई सर्व सम्मतमा चुनेको थियो र अर्को तर्फ श्रीमती अम्बिका क्षेत्री हुनुहुन्थ्यो ।

संस्था दुई फ्याक भयो भनि सबैलाई चिन्ता र चासो बढेको थियो तर अब त्यसको अन्त्य भएको घोषणाले अर्को खुशीको संदेश दिएको छ । आपसी केहि बिबादमा हुँदा पनि आफ्नो काम भने गरिने रहेको थियो संस्थाले । नेपाली नारी आवाजले इज़रायलमा कार्यरत नेपाली दाजु तथा दिदी बहिनीहरुलाइ लगाएको गुण स्मरणीय र प्रसंसा योग्य छ । विशेष बृहत अनलाइन बैठकले जनाएको सम्हमति मार्फत अब देखि कोहि पनि बद बिनानै एक समान भोलेन्टियर भएर कार्य गर्ने यस संस्थाको प्रबासमा कुनै शाखा खोल्न पाइने छैन  जुन कुरा संस्थाको विधानमै उल्लेख रहेको छ ।

आन्तरिक बिबादका कारण धेरैलाई अलि रणभुल्लमा पनि पारेको थियो कि अब नेपाली नारी आवाज दुई भएको हल्ला पनि चलेकोले तर अब इज़रायलमा उक्त संस्थामा आबद्ध मात्र एउटा छ र त्यो एक सयम्सेवक/भोलेन्टियर भएर काम गर्ने छन् समान रुपमा बिनाकुनै पद, २४ फेब्रुवरीमा बसेको बैठकले सम्झौता सहित उक्त निर्णयको अन्तिम बिन्दुमा पुगेको सम्बन्धित स्रोतले जनाएको छ । र, नेपाली नारी आवाज मात्र एउटा छ भनि बुझ्न सबैमा हार्दिक अनुरोध पनि गरेका छन् ।

नारीका लागि नारी :- 

बैदेशिक रोजगारको सिलसिलामा इज़रायलमा कार्यरत नेपालीहरु द्वारा थुप्रै संघ संस्थाहरु स्थापित छन् विभिन्न संरक्षण र सहयोगका निम्ति । त्यस्तै बर्ष दिन अघि अर्को सशक्त संस्था ”नारीका लागि नारी’ खोलियो जुन एक करोड को परोपकारी अक्षय कोष रुपमा खडा भएको छ । यस संस्थाले यहीं इज़रायलमा तथा स्वदेशमा पनि विभिन्न सामाजिक काम गर्दै आएको छ ।

यहीं ” नेपाली नारी आवाज ” र ” नारीका लागि नारी ” ले डाक्टर अनुपम पोखरेको बिशेष आतिथ्यमा संयुक्त रुपमा भव्यताका साथ् यस बर्ष इज़रायलमा अन्तराष्ट्रिय महिला दिवस मनाउने निर्णय गरेको हो । यस्ले स्थानीय तथा बाहिया रुपमा पनि निकै गहकिलो एकताको संदेश दिनेछ ।

नारीका लागि नारीको विशेष पहलमा बिगत निकै लामो समय देखि अस्ट्रेलियामा कार्यरत मनोचिकित्सक डाक्टर अनुपम पोखरेल अन्तराष्ट्रिय महिला दिवसमा इज़रायल आनुहुने भएको छ । उहाँले मनोरोग , तनाव , टेन्सन तथा डिमेनसिय (Dementia) र विशेष इज़रायलमा चौबिस घण्टा सुसारे काम गरि बस्ने नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुले खेप्नु परेका ती बृद्धा, बृद्धहरुको विभिन्न रोग, तनाव, निरश, अनेक फरक प्रवृति , मानसिक तनाव र आत्मा हत्या जस्ता यी यावत कुराहरु बारे डाक्टर अनुपम पोखरेलले  मुक्ति तथा उपाय बताउनुहुने छ । यहीं मूल उदेश्यका साथ् उहाँ आउने स्रोतले जानकारी दिएको छ ।

अन्तराष्ट्रिय महला दिवस स्था, तिमी तथा समय तालिका….

मिती : १३ मार्च शुक्रबार  २०१५

 स्थान : लेवेन्डा ३२ तेश्रोतल्ला

 समय : बेलुका ८ बजे देखि

आयोजक ”नेपाली नारी आवाज ”   ” नारीका लागि नारी ”  तथा सह-आयोजक किराँत याक्थुङ्ग चुम्लुङ्ग नेपाल इज़रायल ”

 

प्रतिक्रिया