एमाले केन्द्रीय सदस्यमा को-को थपिए ?
काठमाडौँ, १३ फागुन । नेकपा (एमाले) स्थायी कमिटीको आजकोे सातौँ बैठकले विभिन्न १० जनालाई केन्द्रीय कमिटीको पूर्ण सदस्यमा मनोनयन गरेको छ ।
केन्द्रीय सदस्यको कार्यविभाजनबारे भने बिहीबार मात्रै निर्णय हुने भएको छ ।
आज मनोनित सदस्यमा केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, कल्याणी खड्का, प्रमेश हमाल, सुमन प्याकुरेल, हरि पराजुली, रामकुमार ज्ञवाली र जया घिमिरे हुनुहुन्छ । केन्द्रीय सदस्यमा अझै केही सदस्य मनोनयन हुन बाँकी रहेको बताइएको छ ।
मनोनयनका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित शीर्ष नेता सम्मिलित कार्यदलका तर्फबाट प्रस्तुत सूचीलाई बैठकले पारित गरेको सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
पार्टीको विधानमा केन्द्रीय कमिटीको निर्वाचित सदस्यको १० प्रतिशत मनोनयन गरिने व्यवस्था छ ।
एमालेको गत असारमा सम्पन्न नवौँ महाधिवेशनपछि मनोनयनको काम भएको छ तर कार्यविभाजन भएको छैन । बैठकपछि एमालेका महासचिव ईश्वर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिका अनुसार स्थायी कमिटीको अर्काे बैठक बिहीबार पुनः बस्नेछ ।
मनोनयन र कार्यविभाजनका लागि लामो समयदेखि स्थायी कमिटीको बैठक बस्दै आएको छ ।
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
टेक्ससको लवक नेपाली समाजले बार्षिक उत्सवमा महावीर पुन र सच्ची मैनालीलाई सहयोग
प्रतिक्रिया