नेपालमा क्रिकेटको सुनौलो भविष्य छ: खेलाडी गौचन
वीरगन्ज (पर्सा), १३ फागुन । नेपालका चर्चित क्रिकेट खेलाडी शक्ति गौचनले नेपालमा क्रिकेट खेलको सुनौलो भविष्य रहेको कुरा बताउनुभएको छ ।
वीरगन्ज उपमहानगरपालिका–२४ मा आवर संसारले सञ्चालन गरेको सडक बालबालिकाको बालगृहमा आज आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले नेपालमा क्रिकेट खेलको भविष्य सुनौलो रहेका कारण बालबालिकालाई पनि क्रिकेट खेलको विकासमा लगाउनुपर्नेमा जोड दिनुभयो ।
सडक बालबालिकाबाट पनि सक्षम खेलाडी उत्पादन गर्न सकिने भएका कारण उनीहरुको क्षमता विकासका लागि बेलाबेलामा क्रिकेट प्रतियोगिता आयोजना आवश्यक रहेको बताउनुभयो । क्रिकेटका कारण नेपालीहरु विश्वमाझ गर्व गर्न लायक अवस्था रहेको पनि उहाँले बताउनुभयो ।
सडक बालकका लागि लक्षित गरी यही अप्रिल १२ तारिकमा मकवानपुरमा अन्तरसडक बाल क्रिकेट प्रतियोगिता आफूहरुले सञ्चालन गर्न लागेको आवर नेपालकी राष्ट्र प्रमुख अपरा थापाले सो अवसरमा जानकारी दिनुभयो । सो प्रतियोगिता नेपालमा नै पहिलोपटक आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा पर्सासहित मकवानपुर र चितवन जिल्लाका सडक बालकको सहभागिता रहनेछ । वीरगन्जको लिपनीमिर्तामा सञ्चालित उक्त गृहमा भने १९ जना सडक बालक हाल रहेको आवर संसार नेपालका महासचिव मुकेश साहले जानकारी दिनुभयो ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया