शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं २२:५७
वासिङटन डिसी 13:12

आन्दोलनको औचित्य समाप्त भइसक्यो: प्रधानमन्त्री

इनेप्लिज २०७१ फागुन १३ गते ११:१२ मा प्रकाशित

Sushil Koirala_20140301085610_20140302034240काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले लोकतन्त्रको मूलप्रवाहमा सबै राजनीतिक दल समाहित भइसकेकाले आन्दोलन, तोडफोड, झगडा गरिरहनुको अब कुनै औचित्य नरहेको बताउनुभएको छ ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाली काँग्रेसका तत्कालीन महामन्त्री महेन्द्रनारायण निधिको ९४ औँ जन्मजयन्तीको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न शान्ति, राजनीतिक स्थिरता र मेलमिलाप आवश्यक रहेको बताउनुभयो ।

स्वर्गीय निधिका योगदान स्मरण गर्दा उहाँले देखाउनुभएको शान्ति, स्थायित्व, लोकतन्त्र र विकासका निम्ति दत्तचित्त भएर लाग्ने तथा आन्दोलन, हिंसा र तोडफोडमा नलाग्ने प्रण पनि आजै गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।

शान्ति र अहिंसाका पुजारीका रुपमा स्थापित हुनुभएका निधिजस्ता हिंसा विरोधी दृढ व्यक्तित्वको मुलुलकलाई खाँचो रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो– शान्ति र मेलमिलापका निम्ति उहाँ पथप्रदर्शक हुनुहुन्थ्यो ।
–ः २९ ः–

सहकार्य र सहमतिका निम्ति अधिकतम लचिलो हुँदासमेत विपक्षीले आफूहरूलाई सहमतिका बाधकका रुपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाउँदै उहाँले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संविधानका लागि हदैसम्म योगदान गर्न तयार रहेको स्पष्ट गर्नुभयो ।

आफूलाई पद गौण र संविधान महत्वपूर्ण भएकाले संविधान प्राप्तिका निम्ति लचिलो भएको स्पष्टीकरण दिँदै सोही सन्दर्भमा आफूले ‘गिभ एन्ड टेक’ र सबै पक्षलाई मान्य हुने गरी सहमतिमा पुग्न ‘विन विन’ पदावली प्रयोग गरेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो– कठिन परिस्थितिमा समेत तत्कालीन माओवादीलाई राजनीतिको मूलप्रवाहमा ल्याउन सफल भई शिर उच्च गर्न सकिएको हो । संविधानसभाबाटै संविधान जारी गर्न म प्रतिबद्ध छु । एनेकपा माओवादीलगायत आन्दोलनको बाटो अँगालेका साथीहरूलाई संवाद, सहमति, एकता र मेलमिलापका लागि अग्रसर हुन पुनः आह्वान गर्दछु ।

देश विकासको आधार संविधान भएकाले त्यो जारी हुने वित्तिकै आर्थिक गतिविधिमा वृद्धि भइ मुलुक समृद्धिको बाटोमा अघि बढ्ने भएकाले राष्ट्र निर्माणको मार्गमा अब कसैले व्यवधान सिर्जना गर्न नहुने बताउँदै उहाँले जसरी पनि संविधान जारी गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

सहमतिको वातावरण निर्माण गर्न आफू लागिपर्दासमेत दलभित्रैबाट अशोभनीय टीकाटिप्पणी भएकोमा गुनासो गर्दै प्रधानमन्त्रीले संविधान जारी गरेपछि पदमा रहीरहने चाहना आफूलाई रत्तिभर नभएको बताउनुभयो । नेपाली काँग्रेसका जुझारु नेता तथा कार्यकर्ताको भविष्य बिगार्ने पक्षमा आफू कदापि नरहेको भन्दै तरबारको धारमा हिँडेर पार्टीलाई नयाँ उचाइमा पु¥याउन आफू कृतसङ्कल्पित रहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया