सोमबार, कार्तिक १० २०७७
काठमाडौं १०:११
वासिङटन डिसी 00:26

लुर्के फित्ता र घुयत्रो किन होइनन नेपाली शब्द ?

इनेप्लिज २०७१ फागुन १२ गते २३:५४ मा प्रकाशित

bijay 2

भाषा र साहित्यमा कलम चलाउन सकसक लागेकोले लुर्के फित्ता पनि नेपाली शब्द र घुयत्रो पनि नेपाली शब्द नै हो भन्ने विश्वास दिलाउन चाहन्छु l

यी शब्दहरु कैयौ नेपालीहरुले नसुनेको पनि हुन् सक्छन l अहिलेका पिढीले अधिकांशले सुनेका छैनन् होला भन्ने लागेको छ l अंग्रेजीमा अति छोटो र मिठो शब्द टाई l छोटकरीमा टाई भनिन्छ वास्तवमा भन्नु पर्दा नेकटाई भन्नु पर्ने हो l सजिलोको लागि टाई मात्र भनिन्छ l टाईको पर्यायवाची हेर्ने हो भने अनेक अर्थ लाग्दछ तर यो पंक्तिकार घाँटी फित्ता बारेमा चर्चा गर्न चाहन्छ l

तर यसको नेपाली के होला भन्ने पनि अधिकांशको मनमा खुल्दुली लागेको हुन् सक्दछ l अर्थात् टाईलाई नेपालीमा के भने होला भन्ने सोच पनि गएको हुन् सक्दछ l अंग्रेजीमा टाईको ब्याख्या हेर्नु भयो भने गाठो अर्थात् नट भन्ने हुन्छ l यसको ईतिहास हेर्ने हो भने २ सय २१ बिसीमा चीनका प्रथम सम्राट शिह हुवांग टि र उनका टेरा कोटा सैनिक लाई जिअन को भूमिगत समाधि स्थलमा टाई (अर्थात् लुर्के फित्ता )लगाएर गाडिएको थियो l

१ सय १३ ए डीमा रोमन वक्ताहरुले आफ्नो रुद्र घण्टीमा न्यानो बनाउन गलबन्दी प्रकारका लगाएको ईतिहास छ l कठालो फित्ता ,गाठो फित्ता ,गाँठो या लुर्के फित्ता यसरी शताब्दी देखि नै अस्तित्वमा आएको भएता पनि यसको नेपाली नामाकरण भाषा शास्त्रीले गरेता पनि प्रयोगमा टाई नै ज्यादा प्रचलनमा आएकोले नेपाली नै टाई होला भन्ने विश्वास गरिन्छ l

टाई नै भनि दिए अपनी आपत्ति भने चै हैन l कुनै पनि अंग्रेजी शब्दहरुको माने नेपालीमा पनि हुन् सक्छ कि सक्दैन भनि एक पटक घॊत्लिने हो कि भन्ने मेरो बिचार हो l आसय पनि हो l

तर यसरी नै हेर्ने र बुझ्ने हो भने भोलि क्रमस नेपाली शब्दहरुमा भिषण आक्रमण हुदै जान्छ l अंग्रेजी शब्द नै नेपाली जस्तै स्थापित हुदै जान्छ तसर्थ नेपालीमा यस्ता शब्दहरुलाई के भनिन्छ भन्ने तिर गयौ भने भाषाको सम्बर्धन र प्रबर्धन हुन्छ l नत्र अंग्रेजी भाषाको दबदबाले नेपाली शब्दहरु बिलाउदै जान्छ र हाम्रो भाषा खतरामा पर्ने हुन्छ l टाईलाई कठालो फित्ता या कठालो गाँठो या लुर्के फित्ता भन्दा के होला ? मानिसले अवस्य पनि बुझ्ने छैनन् l भाषा भनेको बिचार बिमर्श गर्ने एक माध्यम हो l

एक आपसमा गरेको कुराकानी नै भाषा हो l जुन सरल हुनु पर्छ र बुझ्ने हुनु पर्छ l त्यस कुरामा म सय प्रतिसत सहमत छु तर कोसिस र अभ्यास गर्ने कि नगर्ने भन्ने मेरो सवाल यहाँ छ ? भाषालाई क्लिस्ट बनाउनु हुदैन भन्दछन तर यसो भन्दैमा नया सडकलाई न्युरोड नै भन्नु पर्छ भन्ने चाही होइन l शब्दलाई जता लग्यो उतै भिड जान्छ यसको पछिल्लो उदाहरण भारतीय बिग बस -८ ले संदेश दिएको छ l

त्यहाँ अदृश्य रुपमा पर्दा पछाडी बाट बोल्ने मानिस बिग बसले सबैलाई बिशुद्ध हिन्दि बोल्नु पर्ने बाध्यता बनाई दिए l कस्ता कस्ता शब्दहरु प्रयोग गर्न लगाए l आँखिरमा मानिसले चाहना राख्यो भने हरेक कुरा हुने रहेछ l अहिले भारत बाट धारावाहिक रुपमा सम्राट अशोका भन्ने प्रदर्शन भै रहेको छ ,त्यसले कति बिशुद्ध हिन्दि बोकेको छ त्यो हेर्नु पर्ने पनि अपरिहार्यता हुन्छ l

र यो पंक्तिकारले जोड्न खोजेको के मात्र हो भने हरेक अंग्रेजी शब्दको नेपाली माने हुन् सक्दछ l प्रयोग गर्न सक्यो भने नेपाली भाषाको उत्थान र प्रगति हुन्छ l दुई दशक देखि आफु बिशुद्ध नेपाली अभियानमा लागेको हुनाले कसैले बुझेका छैनन भने अर्थ सहित ब्याख्या गर्न रहर लागेको हुनाले दुई चार शब्द भए पनि लेख्ने जमर्को गरेको छु l

अर्को शब्द घुयत्रो ,अधिकांसले नसुनेको पनि हुन सक्दछ र आफुले बारम्बार यो शब्द प्रयोग गर्ने गरेको छु l रिस उठ्यो भने घुयत्रो हान्छु भनि उच्चारण गरेको सुनिन्छ त्यो पनि अलिक बिकट ठाउँ र पहाड तिर प्रचलनमा ल्याईन्छ l अलिक बुढा पाकाले प्रयोग गर्दछन l नाला पानीको लडाइमा बिर बलभद्र कुँवर तथा सेनाहरुले गोल बारुद समाप्त भए पछि घुयत्रोको पनि प्रयोग गरेको ईतिहास साक्षी छ l

के हो त घुयत्रो ? डोरीको टुप्पामा ढुंगा बाधेर डोरीको एक छेउ समाई फनफनी घुमाउदै शत्रु तर्फ निशाना लगाउदै ढुंगा सहित फ्याक्ने हतियार या औजार हो l अर्थात् शत्रुलाई ढाल्नु या गिराउनु हो l तर यो अब बिल्कुलै काम लाग्दैन l उहिले युद्धमा प्रयोगमा हुन्थ्यो l गोला वारुद नहुदा खुब चलन चल्तीमा प्रयोगमा ल्याईन्थ्यो l एक प्रकारको हतियारको नाम घुयत्रो l हाल हाँडी शब्द पनि प्रयोगमा कम ल्याइन्छ भने दुध तताउन प्रयोग गरिने कराईलाई कुड़े भनिन्छ त्यो पनि बिलय हुदैछ l

किनभने प्रयोग कम हुदै गरेको अवस्था छ भने पानी पँधेरो भन्ने गाउँ घरमा प्रयोग हुन्छ भने शहरमा त्यो बिलिन हुने हो कि भन्ने डर छ l

बिशेष गरि काठमाडौँमा आलु खरिद गर्ने क्रममा धार्नी भन्ने शब्द अत्यधिक हुन्छ l किनभने यसको प्रयोग भै रहन्छ तर धार्नीको आधा लाई के भनिन्छ भन्ने हामीलाई थाहा छ ? धार्नीको आधालाई -आधा धार्नी भनिन्छ तर बिसौली ,बोढ़े र हमाल भन्ने शब्दहरु पनि प्रयोग गरिन्थ्यो तर अब अस्तित्वमा छैनन् l यी शब्दहरु प्रयोगमा ल्याउनै पर्छ भन्ने चाही हॊइन तर मुर्झनु दिनु हुदैन l

यी कुराहरु उहिलेका कुरा खुईले भएका हुन् त ? अब त्यसो भए बिशाल बजार अब मल भयो हैन त ? नया सडक न्युरोड भयो हैन त ? शब्द जति प्रयोग गर्न सक्यो त्यति नै जीवित रही रहन्छ l शब्दलाई खेलाई रहे शब्द यथावत हुन्छ l प्रयोग गर्न हिच किचाउनु हुन्न l

नेपाली शब्दहरुको अत्यधिक प्रयोग गर्न सके हाम्रो नेपाली भाषा सदैब फक्रि रहन्छ l प्रयोग गर्न अप्ठ्यारो मान्यौ र अंग्रेजीनै आवाज राम्रो सुनिन्छ भन्ने सोच्न तर्फ लाग्यो भने शताब्दी पछि हाम्रो भाषा नेपाङ्ग्रेजि हुने छ l नेपाली र अंग्रेजीको मिसावटको रुप नेपाङ्ग्रेजि l

लुर्के फित्ता र घुयत्रो को अस्तित्व बचाउने तपाई हाम्रो हातमा छ l भाषा नरहे हाम्रो अस्तित्त्व रहदैन l हाम्रा शब्दहरुको संरक्षण गरौ l बारम्बार नेपाली शब्द प्रयोग गरौ l

……………………………………..अस्तु

प्रतिक्रिया