नेपालवाट उडान भर्न विश्व एयरवेजले रसियन एयरक्राफ्ट खरिद गर्दे
काठमाडौं, १२ फागुन । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्न विश्व एयरवेज कम्पनीले रसियामा बनेको एयरक्राफ्ट खरिद गर्ने भएको छ ।
नेपालको स्टार्ट (अप एयरलाइन्स विश्व एयरवेजले रुसमा बनेका पाँचवटा सुखोइ सुपरजेट १०० एसएसजे(१००) खरिद गर्न बताइएको छ ।
आगामी सन् २०१७ मा भारतमा जारी एरो इण्डिया इन्टरनेसनल एरोस्पेस सोमा हस्तारन्तरण गर्ने गरि रुसी जहाज निर्माता कम्पनी सुखोइ सिभिल एयरक्राफ्ट र विश्व एयरवेजबीच जहाज खरिद सम्बन्धि आशयपत्रमा हस्तारक्षर गरेका छन् ।
विश्व एयरवेजको तर्फबाट अध्यक्ष आशिषमान श्रेष्ठ र सुखोइ सिभिल एयरक्राफ्टको तर्फबाट एन्ड्रिचनिकोभ इभ्ग्नेले आशय पत्रमा हस्ताक्षर गरेका छन् ।
विश्व एयरवेज गत जेठ २९ गते कम्पनी रजिष्ट्रारमा दर्ता भएको कम्पनी हो । विश्व एयरवेजले खरिद सम्झौता गरेको एयरक्राफ्ट ९३ सीट क्षमताको छ । यसमा दुई क्लास छुट्ट्याइएको छ ।
सन् २०१४ मा विश्व एयरवेजले एयरबस ए३२०–२०० सिरिजको दुइवटा जहाज खरिद सकिसकेको छ ।
दुइवटा जहाज मार्फत भारतसहित चीन, जापान, मलेसिया, साउदी अरेबियालगायत गन्तव्यमा उडान गर्ने योजना बनाएको एयरवेजले जनाएको छ ।
विश्वले माग बढ्दै गएपछि आन्तरिक तथा क्षेत्रीय उडान पनि गर्ने योजना बनाएको विश्व एयरवेजलाई उद्धृत गर्दै सुखोइले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
विश्व एयरवेज सिङ्गापुरमा बस्ने नेपालीहरूले लगानी गरेको विश्व होल्डिङ नामक कम्पनीको भगिनी कम्पनी हो ।
विश्व होल्डिङ्सको अध्यक्ष आशिषमान श्रेष्ठ हुन् ।
एयरक्राफ्ट सञ्चालनमा आएसँगै एयरवेजमार्फत यात्रु तथा कार्गो दुवै प्रकारका उडान हुनेछन् ।
यो जहाजले ४५ सय किलोमिटरसम्म निरन्तर उडान भर्न सक्छ ।
तर, मन्त्रालयमा हवाइ उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपालका अनुसार अहिलेसम्म विश्व एयरवेजले औपचारिक रुपमा कुनै कागजात पशे गरेको छैन । उनले भने अहिलेसम्म कुनै कागजात आएको छैन ।
मन्त्रालयमा दर्ता भएर प्रक्रिया पुरा गरेपछि उडान सञ्चालन अनुमति (एओसी)का लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिनुपर्छ ।
एओसीको लागि पाँत तहको प्रक्रिया पुरा गरेपछि प्राधिकरणले अनुमति दिनेछ ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध दोश्रो खुराक खोप लगाईन
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
प्रतिक्रिया