बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १०:०१
वासिङटन डिसी 00:16

लोकतान्त्रिक संविधान जारी गर्न ध्यान केन्द्रित गर्नुपर्ने: उपप्रधानमन्त्री सिंह

इनेप्लिज २०७१ फागुन १२ गते १५:११ मा प्रकाशित

Prakashman-signजनकपुरधाम, १२ फागुन । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी गर्नेतर्फ सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला विकास समिति धनुषाको २१औं जिल्ला परिषद्, वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिक समारोहलाई आज जनकपुरधाममा सम्बोधन गर्दै उहाँले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत नगरी सडकबाट जनसंविधान जारी गर्ने कुराहरु दलका नेताहरुबाट अभिव्यक्त हुनु विडम्बना हो भन्नुभयो ।

उपप्रधानमन्त्री सिंहले विकास निर्माण कार्यको एजेन्डामा लोकतान्त्रिक संस्कारको विकास गर्न जरुरी भएको धारणा व्यक्त गर्नुभयो ।

पूर्व स्थानीय विकास मन्त्री रामचन्द्र झाले सरकार आफैले प्रतिबद्धता जनाएको कुराप्रति प्रतिबद्ध नभएको भन्दै सहमतिबाट संविधान जारी हुनुपर्नेमा जोड दिनु भयो ।

स्थानीय विकास अधिकारी झलकराम सुवेदीले आव २०७२÷०७३ को वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै जिविस धनुषाका विषयगत कार्यालय, गैरसरकारी संस्था तथा जिल्ला विकासतर्फको रु छ अर्ब ६० करोड एक लाख ६८ हजारको अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया