वेष्ट ईन्डिजवेष्ट ईन्डिद्धारा जिम्बाबेसामु तीन सय ७३ रनको चुनौती
काठमाडौं, १२ फागुन । अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा जारी एक दिवसीय विश्वकप क्रिकेटमा अहिले वेष्ट इन्डिज र जिम्बाबेको खेल जारी छ ।
अष्ट्रेलियाको क्यान्बेरामा जारी खेलमा वेष्ट इन्डिजले उत्कृष्ठ प्रदर्शन गरेको छ । वेष्ट इन्डिजले जिम्बाबे सामु तीन सय ७३ रनको चुनौती पेश गरेको छ । वगकतषथसूश्रवेष्ट इन्डिजले निर्धारित ५० ओभरमा दुई विकेट गुमाउँदै तीन सय ७२ रनको योगफल बनायो ।
वेष्ट इन्डिजका व्याट्सम्यान क्रिस गेलले दोहोरो सतकको किर्तिमानी रचेका छन् । गेल एक्लैले दुई सय १५ रन जोडे ।
ओपनिङ्ग व्याट्सम्यान स्मिथलाई गुमाएको वेष्ट इन्डिजका अर्का व्याट्सम्यान मर्लोनले पनि सतक बनाए । मर्लोन र गेलको साझेदारी निकै जम्यो । जिम्बोबे जवाफी व्याटिङ्का लागि मैदानमा उत्रदै छ । दुवै टिमले यसअघि एक खेल जितेर एक खेलमा हार बेहोरेका छन् ।
वेष्ट इन्डिजले पहिलो खेलमा आयरल्याण्डसँग हार बेहोरेको थियोभने दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो ।
उता जिम्बाबे पहिलो खेलमा दक्षिण अफ्रिकासँग परािजत हुँदा दोस्रो खेलमा युएईलाई हराएको थियो । विश्वकप अन्तर्गत हिजो भएको खेलमा इङ्गल्याण्डले पहिलो जित हासिल गरेको छ ।
सुरुवाती दुई खेलमा अष्ट्रेलिया र न्यूजिल्याण्डसंग पराजित भई क्वार्टरफाइनलको सम्भावनाबाट टाढिएको इङ्गल्याण्डले तेस्रो खेलमा स्कटल्याण्डलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको हो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया