संवैधानिक निकायका रिक्त पदमा नियुक्तिको सिफारिस हुन सकेन
काठमाडौँ, १२ फागुन । संवैधानिक परिषद्को बैठकले आज पनि संवैधानिक निकायका रिक्त पदमा नियुक्तिको सिफारिस गर्न सकेन ।
परिषद्का यसअघि दुईवटा बैठक सम्पन्न भएका थिए । लोकसेवा आयोगमा अध्यक्षसहित सदस्य एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सदस्य पद रिक्त छन् । खासगरी लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुका पद खाली हुँदा दैनिक कार्यसम्पादनमा असर पुगिरहेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सम्पन्न बैठकमा परिषद्का सदस्यहरुबीच नियुक्तिमा सर्वसम्मत नहँुदा नियुक्ति हुन नसकेको हो ।
बैठकपछि परिषद्का सदस्य एवम् सभामुख सुवास नेम्वाङले संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा बैठकमा गम्भीर छलफल भएको तर सर्वसम्मत नभएका कारण नियुक्ति हुन नसकेको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
उहाँले परिषद्को यही फागनु १४ गते बस्ने बैठकले नियुक्तिका लागि सिफारिस गर्ने बताउनुभयो ।
“मैले लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगमा रिक्त रहेका पदहरुमा प्याकेजमा नियुक्ति गर्नुपर्छ भन्ने प्रस्ताव राखेँ,” परिषद्का सदस्य एवम् व्यवस्थापिका संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सञ्चारकर्मीसँग भन्नुभयो ।
उहाँले प्रमुख निर्वाचन आयुक्तको नियुक्ति गर्दा पूर्वपदाधिकारीलाई नै निरन्तरता दिएजस्तै लोकसेवा आयोगमा पनि पूर्व पदाधिकारीलाई नै निरन्तरता दिनुपर्छ भन्ने भनाइ आफूले बैठकमा राखेको जानकारी दिनुभयो ।
परिषद्को बैठकको अध्यक्षता प्रधानमन्त्री सुशील कोइरालाले गर्नुभएको थियो । बैठक तीन घन्टासम्म चलेको थियो । अन्तरिम संविधानअनुसार परिषद्का सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता र प्रधानमन्त्रीले तोकेका तीनजना मन्त्री रहने व्यवस्था छ ।
परिषद्को अर्काे बैठक फागनु १४ बिहीबार अपराह्न ५ बजे बस्नेछ ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया