मुस्ताङमा तोरन्ल पर्वको रमझम सुरु
मुस्ताङ, १२ फागुन । हिमाली जिल्ला मुस्ताङका थकाली समुदायमा तोरन्ल पर्वको रमझम सुरु भएको छ । फागु पूर्णिमादेखि एकहप्तासम्म सञ्चालन हुने यो पर्वमा थकाली समुदायका सदस्यहरु जम्मा भएर एकापसमा खुसी साटासाटका साथै विभिन्न किसिमका प्रतिस्पर्धात्मक प्रतियोगिता सञ्चालन गर्ने गर्दछन् ।
यसवर्ष फागुन २१ गते फागु पूर्णिमा परेको छ । मुस्ताङको तल्लो क्षेत्र जोमसोम, मार्फा, लेते, टुकुचे र कोबाङ गाविसमा थकाली समुदायमा बाहुल्यता छ । उनीहरुले पर्वका लागि आफ्नो घर, टोल र छिमेकमा सरसफाइ अभियान सुरु गरिसकेका छन् ।
परम्परादेखि मनाइँदै आएको तोरन्ल पर्व आफूहरुको ठूलो पर्व भएको जोमसोमका कुलबहादुर थकालीले बताउनुभयो । “हरेक वर्ष यहाँ विभिन्न कार्यक्रम आयोजना गरेर यो पर्व मनाइन्छ, यसवर्ष पनि भव्य रुपमा मनाउने भनेका छौँ, त्यसका लागि विभिन्न चरणमा तयारी भएको छ,” उहाँले भन्नुभयो, “पर्वले हामीलाई एकताको सूत्रमा बाँध्ने काम गर्छ ।”
तोरन्ल पर्व मनाउन देश तथा विदेशमा रहेका थकालीहरु पनि आउने गरेको बताइएको छ । फागु पूर्णिमाको अघिल्लो दिन कालीगण्डकी नदीमा विशेष पूजापाठ र घर देवतालाई जल अर्पण गरेपछि सुरु हुने यो पर्वको मुख्य आकर्षण तारो हान्ने प्रतियोगिता हो ।
पर्व अवधिभर फलफूल, मासु, दूध र दहीको विशेष परिकार बनाएर आफन्तलाई खुवाउने प्रचलन पनि छ । पर्वमा महिलाले रमाइलोका लागि नाका भोटे, गोटा र जुवा खेल्ने गर्दछन् भने पुरुष तारो हान्नेमै व्यस्त रहन्छन् । त्यसका साथै पछिल्लो समयमा समुदायस्तरमा भलिबल प्रतियोगिता पनि सञ्चालन गरिँदै आएको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया