ग्रिनकार्ड लिने कर्मचारी सेवाबाट स्वतः बर्खास्त हुने गरी नेपालमा नयाँ ऐन आउँदै
इनेप्लिज
२०७१ फागुन १२ गते ९:१४ मा प्रकाशित

निजामती सेवामा कार्यरत कुनै कर्मचारीले यदि अर्काे मुलुकको स्थायी आवासीय अनुमतिपत्र लिएको छ भने त्यस्तो कर्मचारी नेपालको निजामती सेवामा रहन नसक्ने र सेवाबाट बर्खास्ती हुने गरी ऐनमा संशोधनका लागि प्रस्ताव ।
त्यस्तो अनुमतिपत्र लिन नपाउने भन्ने प्रावधान विद्यमान ऐनमा नरहेको हुँदा बहालवाला निजामती कर्मचारीले आवासीय अनुमतिपत्र लिएको भए त्यसलाई निश्चित समयभित्र त्याग गरेर सेवामा काम रहन सक्ने प्रतिवेदनमा उल्लेख ।
निजामती सेवामा कार्यरत कर्मचारीका श्रीमान् वा श्रीमतीले त्यस्तो आवासीय अनुमतिपत्र प्राप्त गरेको खण्डमा त्यसको जानकारी सरकारलाई अनिवार्य दिनुपर्ने प्रावधान राखिने ।
प्रतिक्रिया