राष्ट्रपति रनिङ सिल्ड
काठमाडौँ, १२ फागुन । काठमाडौँ जिल्ला खेलकुद विकास समितिको आयोजनामा छैटौँ काठमाडौँ जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता फागुन १४ गते बिहीबारदेखि राजधानीमा सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते र उसु खेलमा प्रतिस्पर्धा हुने आयोजक समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी दिनुभयो ।
एथलेटिक्सतर्फ छात्र÷छात्रामा समान १३/१३ गरी २६ स्वर्णका लागि ४४० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने भलिबलको छात्र/छात्रामा समान २०/२० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
त्यस्तै करातेमा १२० खेलाडीले आठ स्वर्ण तथा उसुमा ९० खेलाडीले ६ स्वर्णपदकका लागि प्रतिस्र्धा गर्नेछन् । प्रतियोगितामा पहिलो हुने टोलीले रु १५ हजार, दोस्रोले रु १२ हजार र तेस्रो हुनेले रु नौ हजार पुरस्कार प्राप्त गर्र्नेछन् ।
एथलेटिक्स र भलिबल खेल बूढानीलकण्ठ स्कुलमा हुनेछ भने कराते र उसु भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।
हाल सम्म अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना आवेदन (मिति २०२१ फेब्रुअरी २८ को पुर्बिय समय २३:५९ सम्म अध्यावधिक गरि सक्नुपर्नेछ)
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
अमेरिकाका पूर्व जिम्नास्टिक्स प्रशिक्षक जोन गेडर्ट मानव बेचबिखन र यौन अपराधको आरोप लागेपछि मृत भेटिए
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
प्रतिक्रिया