अब घडी कहिल्यै ढिलो हुँदैन: जापानले सोह्र अर्ब वर्षसम्म सही समय दिने घडी बनायो
टोकियो, ११ फागुन । जापानका अनुसन्धानकर्ताहरूले १६ अर्ब वर्षमा मात्र एक सेकेन्ड ढिलो हुने एक जोडी घडी तयार गरेको दाबी गरेका छन् । समान्यतया यस घडीले पृथ्वीको उत्पत्तिपछिका वर्षभन्दा पनि बढी अवधि सही समय दिनसक्छ ।
‘‘क्रायोजेनिक अप्टिकल जालिदार घडी’’ नाम दिइएको यो घडी वास्तवमै राम्रो भने देखिँदैन । यो घडी सामान्य भित्ते घडी भन्दा दुई डेस्कटप कम्प्युटर जस्ता देखिन्छन् । यी घडीले निकै सही समय दिन्छन् । त्यसको सहीपनालाई हालसम्मको प्रविधिले मापन गर्न नसकिने बताइन्छ ।
टोकियो विश्वविद्यालयका प्राध्यापक हिदेतोसी कातोरीले नेतृत्व गर्नुभएको अनुसन्धान समूहले यस घडीले आणविक घडीले भन्दा पनि राम्रो समय दिने विश्वास गर्नुभएको छ । हाल सेकेन्डको सही समय दिन यो घडी प्रयोग गरिएको छ ।
यस घडीका विषयमा नेचर फोटोनिक्स नामक पत्रिकाको यस महिनाको संस्करणमा लेख प्रकाशन भएको छ । यसमा रेखा जस्तो संरचनामा स्ट्रोनचियमका अणु प्राप्त गर्ने विशेष लेजर प्रयोग गरिएको जानकारी दिइएको छ ।
यसपछि यस घडीले अणुको कम्पनका पटक मापन गर्छ र त्यसलाई आणविक पेन्डुलमको रूपमा उपयोग गर्छ ।
यो प्रविधि निकै जटिल भएकाले करिब माइनस १८० डिग्री सेल्सियसमा यसलाई सञ्चालन गर्न सकिन्छ । यसले वरपरको इलेक्ट्रोम्यानेटिक तरङ्गको प्रभाव कम गर्ने र मेसिनको सहिपनालाई नियमित राख्ने धारणा उक्त समूहले व्यक्त गरेको छ ।
अनुसन्धानकर्ताहरूले उक्त दुई घडीलाई एक महिनासम्म सँगै राखेका थिए र त्यसमा एक सेकेन्डको ढिलाई आउन १६ अर्ब वर्ष लाग्ने अनुमान गरेका थिए ।
यो घडी सिजियम आणविक घडीभन्दा पनि सही देखिएको थियो । हाल सेकेन्डको परिभाषा गर्न सिजियम घडी प्रयोग गरिन्छ । यो घडीले तीन करोड वर्षमा एक सेकेन्डको गल्ती गर्छ ।
यस प्रविधिलाई स्याटलाइटमा विश्वको स्थान पत्ता लगाउने प्रणाली तथा सञ्चार सञ्जालमा प्रयोग गर्न सकिन्छ । यसलाई सही प्रविधिको आधारको रूपमा प्रयोग गर्न सकिने उक्त समूहको धारणा छ ।
यस सुधारिएको सही प्रविधिले सेकेन्डलाई परिभाषा गर्न अझै सजिलो बनाउने आशा गरिएको बताइएको छ ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया