फागुन १६ गते माओवादीको बेहाल हुन्छ: सञ्चारमन्त्री डा रिजाल
सल्लेरी (सोलुखुम्बु), ११ फागुन । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले आन्दोलनको घुर्की लाउँदै हिँडेका विपक्षीको फागुन १६ गते बेहाल हुने बताउनुभएको छ ।
सहमतिका लागि संवाद गर्न छोडेर हिँडेका माओवादीको पक्षमा जनता नरहेको भन्दै मन्त्री रिजालले फागुन १६ को आन्दोलनको स्थितिले विपक्षीलाई नै अप्ठ्यारो पार्ने बताउनुभएको छ । आज रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखा सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री डा रिजालले विपक्षीसँग कुनै पनि हालतमा सशर्त वार्ता नगर्ने भन्दै निःशर्त वार्तामा आए लचकदार रुपमा प्रस्तुत हुन सत्तापक्ष तयार रहेको बताउनुभयो ।
वास्तविक आन्दोलन गर्न माओवादीको सामथ्र्य नरहेको भन्दै विपक्षीहरु घुँडा टेकेर प्रक्रियामा आउने मन्त्री डा रिजालको भनाइ थियो ।
पत्रकारको एक जिज्ञासामा मन्त्री रिजालले माओवादीलाई धेरै नकुर्ने भन्दै प्रक्रियामै गएर भए पनि चार–पाँच महिनाभित्र मुलुकलाई लोकतान्त्रिक संविधान दिने ठोकुवा गर्नुभयो । माओवादी सहमतिमा आएका खण्डमा दुई महिनाभित्रै सहमतीय संविधान आउने र त्यसो हुन नसके पाँच महिनाभित्रै जुनसुकै हालतमा संविधान जारी गर्ने उहाँको दाबी छ ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता समेत रहनुभएका डा रिजालले माओवादीको नेतृत्वले गिरिजाबाबु बाँचुञ्जेल काँग्रेसलाई सत्तोसराप गरेको तर मरेपछि गुणगान गाएर दोहोरो चरित्र उदाङ्गो गरेको आरोप लगाउनुभयो । संविधान जारी नहुञ्जेलसम्म काँग्रेस– एमालेको गठबन्धन नटुट्नेसमेत दाबी गर्दै उहाँले लोकतान्त्रिक शक्तिबीचको एकता अझै दरिलो हुने स्पष्ट पार्नुभयो ।
एक फरक प्रसङ्गमा सञ्चारमन्त्री रिजालले चाँडै नै सरकारले गाउँगाउँमा तीव्र गतिको इन्टरनेट र अप्टिकल फाइबर पुर्याउनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया